• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

नेपाल सरकारको आगामी बजेट उद्योगमैत्री बनाउन उद्योग परिसंघमार्फत रुपन्देहीका उद्योगीको सुझाव


  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • रुपन्देही/रुपन्देहीका उद्योगी व्यवसायीहरुले आगामी आर्थिक वर्ष ०८२÷०८३ को बजेटमा उद्योग क्षेत्र सुधारका लागि गरिनुपर्ने विषयहरुलाई सुझावका रुपमा समेट्न नेपाल उद्योग परिसंघमार्फत सरकारलाई आग्रह गरेका छन् । परिसंघले सरकारले आगामी बजेटका विषयमा समेट्नुपर्ने सुझाव माग गरेपछि प्रदेश र जिल्ला तहमा रहेका उद्योगी व्यवसायीहरु समक्ष सुझाव लिने क्रममा सोमबार रुपन्देहीमा छलफल गरिएकोे हो ।
    कार्यक्रममा सहभागी उद्योगीहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाएर उत्पादनमूलक उद्योग प्राथमिकतामा नपारेको, चर्को ब्याज दरका कारण धरासायी भएको, सिंगो ब्यवस्था नै उद्योगमैत्री नरहेको र कर्जा भुक्तानीमा पनि समस्या रहेको बताएका छन् । उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा ६० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुपर्ने, महिला सुविधा कर्जा युवा उद्यमशिलता कर्जा, पुनकर्जाजस्ता कर्जाहरु विशेष गरी उत्पादनशील क्षेत्रमा प्राथमिकता दिनुपर्ने, उद्योग क्षेत्रमा गरिने ऋण लगानीको ब्याजदर १ अंकीय हुनुपर्ने, उद्योगमा गरिने लगानीको ब्याजदर बेस रेटको आधारमा कायम गर्नुपर्ने, उद्योगीहरुले एलसी खोल्दा बखत राख्नुपर्ने १० प्रतिशतसम्म मार्जिन नगद रकम बिना ब्याज बैंकमा राख्नुपर्ने व्यवस्था अन्यायपूर्ण रहेकाले हटाउनुपर्ने, उद्योगीको रकम होल्ड गरिने र सो रकम कर्जाबाट होल्ड भएमा उद्योगीले ब्याज तिर्नुपर्ने व्यवस्था व्यवहारिक नभएकाले हटाउनुपर्ने , एलसीवापत जम्मा हुने रकम कर्जा वा बचत खातामा होल्ड गर्ने व्यवस्था गर्नुपर्ने तथा हालको विषम परिस्थितिलाई मध्यनजर गरी उद्योगहरुको विक्री क्षमता बृद्धि गर्न बैंकहरुले सरल रुपमा कर्जा प्रवाह गरी कर्जा भुक्तानीको समय सिमा स्वतः बृद्धि गर्दै लगेर चालु पूँजी कर्जा तत्काल लागू गर्न नहुने व्यवस्था समेट्न पहल गर्न आग्रह गरेका छन् । अग्रिम आयकर, खुल्ला भन्सार, गैरकानुनी ढंगबाट हुने गरेका औद्योगिक गतिविधिहरुले उद्योगीहरुलाई संकटतर्फ धकेलेको उद्योगीहरुले गुनासो गरेका छन् ।
    स्थानीय उद्योगी आत्मनिर्भर भए मात्रै स्थानीय अर्थतन्त्रको निर्माण हुने विषयमा ध्यान दिन आग्रह गरेका छन ।
    पूर्वाधार एवं नीतिगत सुधार गरेर अहिले भएका भन्सार नीति उद्योगीमैत्री बनाउन पहल गर्न उनीहरुले परिसंघका प्रतिनिधिलाई आग्रह गरेका हुन ।
    रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले स्वागत गर्नु हुँदै नेपाल सरकारलाई पेश गरिदै आएका सुझावहरु सन्दर्भमा बोल्नुहुँदै उद्योगीहरुले स्वदेशी लगानी बृद्धि हुँदा राष्ट्रिय अर्थतन्त्र मजबुद हुने बताउनु भयो । ऋल्क्ष् लुम्विनी प्रदेशका उपाध्यक्ष राम प्रसाद बस्यालले आगामी बजेट मार्फत नेपाल सरकार र सम्वन्धित निकायलाई सुझाव दिनका लागि कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रमबाट उठेका सवै विषयहरु ऋल्क्ष् लुम्विनी प्रदेश र ऋल्क्ष् केन्द्र मार्फत सम्वन्धित निकायमा पु¥याउने प्रतिवद्धता जनाउनुभयो । आ– आफनो उद्योगको समस्या बारेमा उद्योगीहरु चन्द्रमान श्रेष्ठ,उपेन्द्र अग्रवाल,लिल बहादुर कार्की, निश्चल शर्मा,मेघराज भण्डारी, राजकुमार श्रेष्ठ,सुर्यबहादुर कार्की,कुसुम खनाल त्यसै गरी कार्य समिति सदस्य रमेश प्रसाद आचार्य, राजु घिमिरे ,दिलु शाहीले उद्योगहरुलाई सहज बातावरणमा संचालन गर्न साना उद्योगीहरुको भावनालाई समेत समेटनु पर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा नेपाल उद्योग परिसंघ काठमाडौंका निर्देशक राजिव मजगैंया,हिमाल पौडेल संघका संस्थागत अध्यक्षहरु, वस्तुुगत समितिका संयोजकहरु, सदस्य उद्योगीहरुको सहभागिता रहेको थियो ।
    रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता र महासचिव हिरामणी भट्टराईको संचालनमा सम्पन्न भएको कार्यक्रममा धन्यवाद ज्ञापन रुपन्देही उद्योग संघका द्धितिय उपाध्यक्ष हरी वहादुर खत्रिले गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • २.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ३.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ७.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ८.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.