समाजवादी विद्यार्थी युनियन नेपाल बालकुमारी चितवनको मुल इकाई समितिको भेला सम्पन्न भएको छ ।आसन्न स्ववियु निर्वाचनको तयारी अभियानको सिलसिलामा विपिन चन्द रेग्मीको अध्यक्षता मा २१ सदस्यीय बालकुमारी क्याम्पस मुल इकाई समिति गठन भएको हो । जिल्ला पार्टीका संयोजक तथा केन्द्रीय भोलेन्टियर्स फोर्स सदस्य अनुज जोशिको प्रमुख आतिथ्यमा भएको उक्त समितिको उपाध्यक्षहरुमा नन्दनी गुप्ता, प्रदीप पन्त र विशल बगाले, सचिवमा सन्दीप शाह, सह–सचिवहरुमा सीता घर्ती र रोहित आले र कोषाध्यक्षमा सुरज उपाद्याय रहेका छन् ।
नवनिर्वाचित समितिले आसन्न स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै आफ्ना कार्यक्रमहरु तय गरी अगाडि बढ्ने लक्ष्य लिइएको नवनिर्वाचित अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
Advertisement




