• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

बकुलहर रत्ननगर अस्पतालको सामाजिक परीक्षण


  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित
  • रत्ननगर/पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा र त्यसको प्रभावकारीको विषयमा विहीबार सामाजिक परीक्षण कार्यक्रम गरिएको छ । अस्पतालले प्रदान गर्ने सेवा प्रति नागरिकको अपेक्षा र सुधार गर्नुपर्ने विषयमा अभिमत संकलनको लागि कार्यक्रम आयोजना गरिएको हो ।

    Advertisement

    कार्यक्रममा सहभागीहरुले स्वास्थ्य बीमाको १० प्रतिशत शुल्क खारेजीको माग गरेका छन् । उनीहरुले स्वास्थ्य बिमामा विरामीको रोग अनुसारको औषधि उपलब्ध नभएको भन्दै गुणस्तरीय औषधिको व्यवस्था गर्न माग समेत गरेका छन् । मृगौला रोगीको डायलासिस, छालाको प्रभावकारी उपचार, ल्याव रिपोटमा अटोमेटिक मेसिनको प्रयोग गरिएकोमा अस्पतालको प्रशंसा गर्दै उपचारमा उपकरणको प्रयोग बढाउन र विशेषज्ञ डाक्टरहरु थप गर्न माग गरेका छन् । सहभागीहरुले सरसफाईमा ध्यान दिन, क्यान्टिन र पार्किङको व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

    कार्यक्रममा उद्यमशिल महिला सञ्जाल रत्ननगरकी अध्यक्ष गीता सिंखडा, बसन्त देवकोटा, शम्भूभक्त थपलिया, मीना श्रेष्ठ, टोपबहादुर सिलवाल, ज्ञानेन्द्रराज पाण्डे, सुरज परियार, दीलबहादुर घर्ती, चन्द्रमणि आचार्य, रन्जना श्रेष्ठ, हिमालय खनाल, रवि भट्ट, पुष्पा रेग्मीले अस्पतालले प्रदान गर्ने सेवाको विषयमा प्रश्न गरेका थिए । सहभागीको प्रश्नको जवाफ दिँदै अस्पतालका मेसु डा.मदन ज्ञावलीले स्वास्थ्य बिमाको १० प्रतिशत शुल्क खारेज अस्पतालको तहबाट सम्भब नरहेको बताए । उनले जनस्तरबाट सञ्चालित अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन अस्पताल विकास समिति र प्रशासन एकताबद्ध भएर काम भइरहेको बताए । उनले नागरिकबाट आएका विषयहरुलाई लिपीबद्ध गरी सुधारका कदमहरु अगाडि बढाउने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा संविधान सभा सदस्य शेषनाथ अधिकारीले सरकारी सहयोग न्यून रहेको अस्पताललाई शान्तिमेड नेपालले जुरुकै उठाउने काम गरेको बताए । अस्पतालको भवन निर्माण, मृर्गौैला र छालाको उपचार र उपकरण उपलब्धतामा शान्तिमेड नेपालकी संस्थापक डा.रुथ गोन्सेथले महत्वपूर्ण योगदान गरेको उनको भनाई छ । रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले जनस्तरबाट सञ्चालित बकुलहर रत्ननगर अस्पताल राम्रो प्रगति गरेको बताए । औषधि खरिदमा गरिने टेन्डर प्रक्रियाका कारण स्वास्थ्य बिमामा गुणस्तरीय औषधि नपाइने भन्दै टेण्डर प्रक्रिया खारेजीको लागि दवाब आवश्यक रहेको बताए ।

    कार्यक्रममा नेपाली काँग्रेस रत्ननगरका कार्यबहाक सभापति कमलनाथ अधिकारी, एमालेका नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल,माओवादी केन्द्रका जीवनलाल श्रेष्ठ, रास्वपाका बेदप्रसाद आचार्य, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, अस्पतालका पूर्वअध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अस्पताल सञ्चालन समितिका अध्यक्ष गोपालराज कर्माचार्यको अध्यक्षतामा भएको थियो । २०६५ सालमा बकुलहर हेल्थपोष्टको स्तरोन्नती गरी बकुलर रत्ननगर अस्पतालको स्थापना गरिएको थियो । २०७७ सालमा बागमती प्रदेश सरकार अन्तर्गत ५० शैयामा स्तरोन्नती भएको सो अस्पताल २०८० सालमा १०० शैयाको स्विकृति पाएर प्रादेशिक अस्पतालमा रुपान्तरण भएको थियो ।

    दैनिक ९१० जनाको उपचार हुँदै आएको सो अस्पतालमा बार्षिक ३० प्रतिशतका दरले विरामीको संख्या बृद्धि हुँदै गएको छ । २०७८/७९ मा १ लाख ४२ हजार ४०८, २०७९/८० मा २ लाख ३ हजार ११०, २०८०/८१ मा २ लाख ४५ हजार ६९४ जना विरामीको उपचार गरेको सो अस्ताललले चालु आर्थिक बर्षको झण्डै सात महिनामा १ लाख ८१ हजार २०३ जना विरामीको उपचार गरिएको मेसु ज्ञावलीले जानकारी दिए । बिप्स मिडियाको संगको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

    शनिबार, माघ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.