नारायणगढ/भरतपुरका लागि यामाहा स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रता नविन अरी सेन्टर तथा कर्माचार्य इन्टरप्राइजेज प्रा.लि. माघ १९ गतेदेखि शोरूम बार यामाहा रे जेडआर १२५ एफआई हाईब्रिड को माइलेज च्यालेन्जसँगै ¥याली कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कम्पनीले रे जेडआर १२५ एफआई हाईब्रिडलाई नेपालको स्कुटर सेग्मेन्टम सबैभन्दा उच्च माइलेज दिने स्कुटर भन्दै आएको कुरालाई सत्य साबित गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । यामाहा रे जेडआर १२५ एफआई हाईब्रिडलाई जस्तो सुकै भु–भागमा पनि सजिलै चलाउन सकिने अरु कम्पनीका स्कुटरको तुलनामा उच्च माइलेज दिने कुरा प्रमाणित गर्न कम्पनीले नारायणगढ र भरतपुरका २५ जना रे जेडआर १२५ एफआई हाईब्रिडका ग्राहकहरुलाई माइलेज च्यालेन्जमा सहभागी गराइएको थियो । ¥याली कार्यक्रम यामाहा शोरुम भरतपुर ओरालोबाट शुरु भएर भरतपुर–२९, भतेरीमा रहेको रेजेण्डा रिसोर्टमा पुगी समापन गरिएको थियो । कार्यक्रममा सहभागी साहकहरुलाई विभिन्न मनोरंजनात्मक खेलहरु खेलाउँदे रे जेडआर १२५ एफआई हाईब्रिडका बारेमा समेत जानकारी गराइएको थियो ।
माइलेज च्यालेन्जमा सहभागीहरु मध्ये विजेताहरु नाम घोषणा गरिएको थियो । माईलेज च्यालेन्जमा लिला माया तामाङ, ७८.७८ कि.मी. प्रति लिटरका साथ प्रथम, निर्मला क्षेत्री ७८.१२ कि.मी. प्रति लिटर द्धितीय र र देव प्रसाद भारती ७७.०१ कि.मी. प्रति लिटरका साथ तृतीय हुनु भएको छ । यामाहाको यस कार्यक्रमलाई उत्साहजनक रुपमा सफल बनाउन सहयोग पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी संस्थाहरुलाई नविन अटो सेन्टर तथा कर्माचार्य इन्टरप्राइजेजका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य आभार समेत व्यक्त गर्नुभयो ।
यामाहा रे जेडआर १२५ एफआई हाईब्रिड को माइलेज च्यालेन्जसँगै र्याली कार्यक्रम सम्पन्न
यामाहा रे जेडआर १२५ एफआई हाईब्रिड को माइलेज च्यालेन्जसँगै र्याली कार्यक्रम सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया




