काठमाडौँ/नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका हिजो (मंगलबार) १ हजार ९ सयले बढेको सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँ बढेको हो। योसँगै दुई दिनमा सुन प्रतितोला ४ हजार १ सयले बढेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार नौसय रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६४ हजार सातसय रुपैयाँ थियो। यस्तै यो साताको तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य हिजो र आज उल्लेख्य मात्रामा बढेको हो।
Advertisement




