काठमाडौं । सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट बाहेक अन्य सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ । कोरोना संक्रमणका कारण उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै सर्वोच्चले अन्य मुद्दाको सुनुवाइ केही समयका लागि स्थगित गराएको हो ।
कोरोना संक्रमणका कारण उपत्यकाको अबस्था भयावह बन्ने खतरा बढेपछि कानून व्यवसायीहरुको छाता संगठन (नेपाल बार) ले केही समयका लागि बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ रोक्न माग गरेको थियो । अदालतका कर्मचारी र न्यायाधीशको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा समेत कोरोना देखिएपछि सर्वोच्चले मुद्दा पेशीमा संकुचन बनाएको हो ।
सर्वोच्चले विगत ५ दिनदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दाको सुनुवाइ गर्ने क्रम रोकेको हो । सर्वोच्चले गत भदौ ४ गते आठ वटा उत्प्रेषणको आदेशले बदर गर्न माग गरी दायर भएको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गरेको थियो । सोही दिन संयुक्त इजलासबाट तीनवटा बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइ भएको थियो ।




