• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

प्रथम राष्ट्रिय डेरी एक्स्पो माघ २५ गतेदेखि २७ गतेसम्म हुने


  •   बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
  • भरतपुर/आधुनिक प्रविधि, सिप र नवीनतालाई प्रोत्साहन गर्दै डेरी उत्पादनमा गुणस्तर वृद्धि गर्ने, डेरी उद्यमीको सशक्तिकरणको लागि सघाउ पु¥याउने र डेरी उद्योगको प्रवद्र्धनका लागि एउटै छानामुनी आधुनिक मेशिन तथा यन्त्र उपकरण उपलब्ध हुने अवसर प्रदान गरी डेरीजन्य उद्यमशिलताको विकासमा सहयोग गर्ने उद्देश्यका साथ चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा २०८१ माघ २५, २६ र २७ गते, चितवन प्रदर्शनी केन्द्रमा हुने लागेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।
    डेरी उत्पादन, प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासहरूलाई प्रोत्साहित गर्नु, किसान, उद्योगी र व्यापारीलाई एकै थलोमा ल्याएर व्यावसायिक सञ्जालको अवसर सिर्जना गर्नु, उपभोक्ताहरूलाई डेरी उत्पादनको महत्व, फाइदा, तथा गुणस्तर सम्बन्धी जानकारी प्रदान गर्नु, डेरीजन्य उद्योगका नयाँ उत्पादनहरु लन्च र ब्रान्डिङ गर्ने अवसर प्रदान गर्नु, डेरी उद्योगको उत्पादकत्व र कार्यदक्षताको वृद्धि गर्नु, साना किसान र व्यवसायीलाई उचित मार्गदर्शन, तालिम तथा अनुदानको बारेमा जानकारी दिनु, डेरी उद्योगलाई दिगो र आर्थिक रूपमा फाइदाजनक बनाउने उपायहरूमा ध्यान केन्द्रित गर्नु, दुग्ध उत्पादक सहकारीहरुलाई औद्योगिक उत्पादनमा लाग्न प्रेरित गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजक संस्था चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले जानकारी दिनुभयो ।

    Advertisement

    प्रदर्शनीमा डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी तथा उपकरणहरु, डेरी उद्योगका लागि उपयोगी सफ्टवेयर, डेरीजन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरणहरु, पशुपालन आहार सम्बन्धिका स्टलहरु, पशु औषधी तथा भेटनरी सेवा सम्बन्धिका स्टलहरु, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टलहरु, आधुनिक सेड निर्माण कम्पनीहरु, बैंक तथा विमा कम्पनीहरु, स्टार्टअप प्याभिलियन लगायतका करीब एकसय वटा स्टलहरु रहने आयोजक संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो ।
    प्रदर्शनी अन्तर्गत डेरीजन्य उत्पादन, मेशिनरी तथा प्रविधिको प्रदर्शनी, कार्यशाला र तालिम सञ्चालन, बिटुबि मिटिङ, सफल व्यवसायिक किसान, डेरी उद्यमी आदिका अनुभव र सफलताका कथाहरु, डेरीजन्य नयाँ प्रोडक्ट लन्चका कार्यक्रमहरु रहनेछन् । साथै, प्रदर्शनी अवधिमा डेरी क्षेत्रका जल्दाबल्दा समस्या, नीतिगत सुधार गर्नुपर्ने विषय, डेरी उद्यमशिलताको सम्भावना, अवसर र चुनौती विषयमा केन्द्रीत रहेर विज्ञहरुको उपस्थितिमा प्यानल छलफल, अन्तर जिल्ला दुग्ध उत्पादक सहकारीहरुका बीच डेरी सम्बन्धि हाजिरीजवाफ प्रतियोगिता, सामाजिक सुरक्षा कोष सम्बन्धि अधिमुखीकरण लगायतका कार्यक्रमहरु आयोजना गर्न लागिएको आयोजक संस्था चितवन उद्योग संघले जनाएको छ ।
    प्रदर्शनीमा आउने प्रदर्शकहरुलाई नयाँ उत्पादनहरू र सेवाहरूको प्रत्यक्ष प्रदर्शनीको अवसर, बजार अनुसन्धानको अवसर, व्यवसायिक सम्झौता तथा व्यापार विस्तारको सम्भावना, बजारमा आफ्नो ब्रान्ड स्थापित गर्ने अवसर, उपभोक्ताको प्रत्यक्ष प्रतिक्रिया, मिडिया र सामाजिक संजालमा प्रचार, उत्पादनको भिजुअल मार्केटिङ, कार्यशाला, छलफल तथा अन्तरक्रियाहरूमा सहभागी हुने अवसर, अन्य प्रदर्शकहरूबाट प्रेरणा, बिक्री तथा अर्डर बुकिङको अवसर, ग्राहक सन्तुष्टि परीक्षण गर्ने अवसर, नयाँ प्रविधि र इनोभेसन सम्बन्धी जानकारी, स्थानीय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार, दुग्ध उत्पादन सम्बन्धी नीति निर्माता र सरोकारवालासँग प्रत्यक्ष सम्पर्क लगायतका उपलब्धी मिल्नेछ । साथै, डेरीजन्य उत्पादकनको अन्तर्राष्ट्रिय स्तरको गुणस्तरका लागि उद्यमीहरुलाई प्रेरणा मिल्ने र केही हदसम्म भने पनि निर्यात प्रबद्र्धनमा सहयोग हुने विश्वास लिइएको आयोजक संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ ।

    करीब ५० हजार अवलोकनकर्ताको सहभागिता रहने लक्ष्य लिइएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ वास्तविक डेरीजन्य उत्पादन उद्योगीहरू, उद्योगी बन्न इच्छुक व्यक्तिहरू, औद्योगिक नीति निर्माताहरू, नीति नियम कार्यान्वयन तहका सरकारी कर्मचारीहरू, डेरीजन्य औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने तथा खोज अनुसन्धानकर्ता, नेपालका डेरी उद्योगका सञ्चालक, लगानीकर्ता तथा उच्च व्यवस्थापकहरू, डेरी उद्यमीका व्यवसायिक परामर्शदाताहरू, तीनै तहका सरकारका प्रतिनिधिहरू (संघीय, प्रादेशिक, स्थानीय), प्रतिष्ठित लघु, घरेलु तथा साना उद्योगीहरू, कृषि विश्वविद्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू, उद्यमीका छाता संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, दुग्धजन्य उत्पादनमा प्रत्यक्ष संलग्न व्यवसायिक किसानहरू, स्वदेशी उत्पादनका लागि प्रोत्साहन गर्ने व्यक्ति तथा समूहहरू, दुग्ध उत्पादक किसानहरू, दुग्ध उद्योग र कारखाना सञ्चालकहरू, दुग्ध उत्पादन सम्बन्धी मेशिनरी र उपकरण निर्माताहरू, खाद्य उद्योगका व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी र दुग्ध उद्योगका विज्ञहरू, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहने विश्वास लिइएको छ ।
    प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि स्थानिय पालिकाहरु, जिल्ला तथा केन्द्रिय दुग्घ उत्पादक सहकारी संघहरु, डेरी उद्योग संघ, नेपाल डेरी एशोसियसन, प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरु, नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरु, स्थानिय प्रदेश तथा संघिय सरकारका नीति निर्माताहरु, प्रदेश दुग्ध विकास बोर्ड, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, Nepal Dairy Science Association (NDSA), Nepal Agriculture Science Association (NASA), डेरीजन्य उद्योगका लागि आवश्यक मेशिन तथा उपकरणहरु उत्पादक तथा वितरक कम्पनीहरु, दुग्ध जन्य उत्पादनसँग सम्बन्धित उद्यमी तथा व्यवसायिक किसानहरु, नेपाल भेटेरिनरी एशोसियसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, सहकारी विभाग, पशु सेवा विभाग लगायतका संघ–संस्थाहरुसँग समन्वय र सहकार्य भई अगाडि बढिरहेको आयोजकको दावी छ । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.