माडी/भरतपुर स्थित रोट्रायक क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ नारायणी मिड टाउन संयुक्त आयोजन र माहालक्ष्मी ट्रायल सेन्टरको विषेश सहयोगमा गणेश आधारभूत विद्यालय गणेशकुंज माडी ९ मा अध्ययनरत गरीब तथा विपन्न विद्यार्थीहरूलाई झोला तथा स्टेशनरी समाग्री वितरण गरिएको छ । सोही अवसरमा भरतपुर स्थित कोसिस सलुन एण्ड एकेडमीको सहयोगमा त्यहाँ रहेका विद्यार्थी छात्रहरूको निःशुल्क कपाल समेत काटिएको थियो ।
यसअघि रोट्री क्लब अफ नारायणी मिक्टाउनले माडीका विभिन्न क्षेत्रमा विभिन्न समयमा सेवामूलक कार्यहरू गर्दै आएको छ। ग्लोबल ग्रान्ट अन्तर्गत अयोध्यापुरी हेल्थ पोस्टमा डेनमार्कको रोट्री क्लब र नारायणी मिटाउन मिलेर एक करोडभन्दा बढीको सामग्रीहरु हस्तान्तरण गरेको थियो भने बाढी पीडित पौवारी टोलमा पाँचवटा समुदायिक शौचालय निर्माण गरेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल लम्सलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा रोट्री क्लबका पूर्व अध्यक्ष अनिल थपलिया, रामचन्द्र लम्साल, प्रकाश पौडेल, रोट्राक क्लब अफ नारायणी टाउनका अध्यक्ष राजीव घिमिरे लगायतको उपस्थिति रहेको थियो।




