भरतपुर/चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष एवम् राजेन्द्र इन्जिनियरिङ्ग वर्कशपका सञ्चालक मोहनलाल श्रेष्ठको वर्कशपमै काम गर्ने क्रममा फलाम खसेर दुर्घटना हुँदा बायाँ खट्टाको औलामा चोट पुगेको र घाईते श्रेष्ठले समितिलाई उपचारको लागि निवेदन दिई प्राप्त निवेदनको आधारमा समिति र सम्बन्धित उद्योगीबीच छलफल सम्पन्न गरियो र उहाँले पुष्पाञ्जली हस्पिटलमा उपचार भईसकेको छ । उहाँको उपचारको लागि बिल भरपाईको आधारमा समितिको तर्फबाट रु४६,०००।– हस्तान्तरण गरियो ।
त्यस्तै चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार नविन पियाले सञ्चालन गर्नुभएको उद्योग लक्ष्मी इन्जिनियरिङ्गका कर्मचारी हर्क बहादुर वि.क. काम गर्ने क्रममा कारखानामै दुर्घटना हुन गएको र घाईतेको उपचारको लागि समितिमा निवेदन प्राप्त भई प्राप्त निवेदन माथि छलफल समेत गरिएको र घाईतेको नेशनल सिटी हस्पिटल लि. भरतपुरमा उपचार भईसकेको हुँदा घाईतको उपचारको लागि बिल भरपाईको आधारमा समितिबाट दुर्घटना विमा मार्फत रु१९९८३।– हस्तान्तरण गरियो ।
रकम हस्तान्तरण कार्यक्रममा समितिका अध्यक्ष ताराबाहादुर कार्की, उपाध्यक्षहरु मोहनलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, रुकेश सापकोटा, वीरेन्द्र बहादुर दवाडी, सूर्य प्रसाद तिमिल्सिना, कार्यसमिति सदस्य लोकनाथ सुवेदी, उद्धव न्यौपाने, बलराम पुरी, सूर्यराज गिरी, विष्णु प्रसाद पौडेल, समितिकी कर्मचारी शोभा थापा लगायतको उपस्थिति रहेको थियो ।
Advertisement




