धादिङ/रोटरी क्लब अफ धादिङमा शुक्रबार एक कार्यक्रमका बिच DG Visit सम्पन्न भएको छ । कार्यक्रममा ३२९२ का डिस्ट्रिक गभर्नर राजेन्द्र मान शेरचन, असिस्टेन्ट गर्भनर हरि प्रसाद सुवेदी,डिस्ट्रिक ज्वाइन्ट सेकरेटरी अशोकमान कपाली उपस्थित रहेको थियो । रोटरी क्लब अफ धादिङले धादिङ जील्लामा बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको र उक्त कार्यहरुको कार्यक्रममा रोटरी ३२३९ का डिस्ट्रिक गभर्नर राजेन्द्र मान शेरचनले समिक्षा गर्नुभएको थियो । कार्यक्रमा बोल्नुहुदै रोटरी ईन्टनेशनल ३२९२ का असिस्टेन्ट गर्भनर अशोक कुमार बस्नेतले भबिष्यमा क्लबको उचाई अझै माथी लैजाने तथा नयाँ नयाँ क्षेत्रहरु पहिचान गरि कार्यहरु गर्ने बिषयमा पनि प्रतिबद्वता व्यक्त गर्नुभयो ।
अग्नि नियन्त्रक सामाग्री हस्तानतरण
यसैगरि कार्यक्रमा रोटरी क्लब अफ धादिङले अग्नि नियन्त्रक सामाग्रीहरु नीलकण्ठ नगरपालीकालाई हस्तानतरण गरिएको थियो । नगर प्रमुख भिम प्रसाद ढुङ्गानालाई प्रदान गरिएको उक्त अग्नि नियन्त्रक सामाग्रीले आगलागी नियन्त्रणको लागी महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभएको थियो ।
साथै रोटरी क्लबले गर्ने बिभिन्न सामाजीक कार्यहरुमा नीलकण्ठ नगरपालीकाले सहयोग गर्ने मेयर ढुङ्गानाले बताउनुभएको थियो ।
उक्त कार्यक्रममा नीलकण्ठ नगरपालीका प्रमुख भिम प्रसाद ढुङ्गाना, पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजाराम शर्मा,रोटरी क्लब धादिङका अध्यक्ष सुदिप रसाईली,रोटरी ईन्टनेशनल ३२९२ का असिस्टेन्ट गर्भनर अशोक कुमार बस्नेत,संस्थापक अध्यक्ष ध्रुब बहादुर थापा, पूर्व अध्यक्षहरु रोहित भण्डारी, भीमबहादुर श्रेष्ठ, कृष्ण लाल उप्रेति, डा. राम रिजाल, लगायत रोटरीयनहरुको सहभागीता रहेको थियो ।




