नेपालगंज/माघ १० देखि २२ गतेसम्म नेपालगंजमा ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न गैरहेको तपाईहरु माझ जानकारी गराउन चाहन्छौं ।
क्यान महासंघ बाँकेको आयोजनामा हुने क्यान इन्फोकेटको ५ औं संस्करण नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा आयोजना हुन लागेको हो । जसको लागी क्यान महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य संघ सम्झौता समेत भैसकेको छ । ५ औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आईएनजीस्क्रीन रहेको छ, जसको इम्पोर्टर सगरमाथा आइटी ट्रेडर्स हो र सह-प्रायोजकमा डिजिटल पालिका रहेको छ। प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ” आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ डिजिटल पालिका (INFSCREEN 5th CAN Info-Tech 2025 in association with Digital palika) रहेको छ ।
त्यस्तै ५औं क्यान इन्फोटेक २०२५ को प्लाटिनम स्पोन्सरमा हीगभीजन (उग्रतरा इन्फोसिस), गोल्ड स्पोन्सरमा डिजिटल कर्नर, तथा सिल्भर स्पोन्सरमा सेन्चुरी कम्प्युटर सप्लायर्स रहेका छन् । प्रदर्शनीको सीसीटीभी सर्भीलेन्स पार्टनर हिकभिजन, एजुकेशन पार्टनर नेपालगञ्ज क्यानपस, अब्रोड स्टडी पार्टनर अल्फा बिटा, पावर सोलुसन पार्टनर पावर म्याक्स इन्स्ट्रुमेन्ट इन्डस्ट्रिज, ई-गभर्नेन्स पार्टनर खजुरा गाउपलिका, गभर्मेस युनिभर्सिटी पार्टनर लुम्बिनी टेक्नोलोजिकल युनिभर्सिटी, बीमा पार्टनर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, इन्टरनेट पार्टनर भायनेट कम्युनिकेसन लिमिटेड, डिजिटल डिजाइन पार्टनर नेक्स्ट जेन इन्फोसिस प्रा. लि. रहेका छन् ।
त्यस्तै प्रिन्टिङ पार्टनरमा ओम विज्ञापन, इभेन्ट म्यानेजमेन्ट पार्टनर लाइक माइन्ड्स इभेन्ट, इनोभेसम पार्टनर इनोभेसन र नवप्रवर्तन केन्द्र, सोशल मिडिया पार्टनर नेपालगञ्ज ग्यालरी / यात्रा मिडिया रहेका छन् । प्रर्दशनीलाई सफल पार्न खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नेपाल टेलीकम , नेपालगंज उद्योग वाणिज्य महासंघ, लगायतका संस्थाहरुको सहकार्य रहने छ।
आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ डिजिटल पालिकामा सुचना प्रविधिको ३० वटा स्टल रहने छ भने सम्पूर्ण स्टालहरू बुकिंग भैसकेको छ । ५ औं क्यान इन्फोटेक २०२५ बाट १५ देखी २० लाख बराबरको कारोबार हुने अनुमान समेत गरिएको छ । साथसाथै नवीनतम प्रविधिको प्रदर्शनी गरिनुका साथै विशेष छुटका अवसर समेत हुने जानकारी गराउन चाहन्छौं ।
नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले सूचना प्रविधिको क्षेत्रमा नेपाल निर्माणमा सहयोग पुग्ने आशा लिएका छौं ।त्यस्तै ५ औं क्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइने सबैमा जानकारी गराउन चाहन्छौं । यो प्रर्दशनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको विश्वास रहेको छ।
क्यान इन्फोटेक केवल ब्रान्ड एक्स्पो मात्र होइन, यो आइडिया, स्टार्टअप, र इनोभेशन एक्स्पो पनि हो। हामीले यसपटक एआई वेबिनार पनि सञ्चालन गर्दैछौं। इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCert) ले साइबर सुरक्षा सहायता डेस्क पनि सञ्चालन गर्दैछ। क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ भन्नेमा क्यान महासंघ बाँकेले विश्वास लिएको छ ।
आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ डिजिटल पालिकाका आकर्षणहरु
● नेपालमा हाइड्रो पावर को ट्रासमिसन लाइन तान्ने heavy duty matrix 600 ड्रोन लाई प्रर्दशनीमा राखिने छ ।
● प्रादेशिक महोत्सबको समुदाघाटन क्यान महासंघ बाँकेको सहकार्यमा डिजिटल प्रविधिबाट पानसमा बत्ती बाली ड्रोनबाट पुष्पा गुच्छाबाट समउद्धाघाटन गरीनेछ ।
● AI प्रविधियुक्त CCTV क्यामरा प्रर्दशनीमा राखिने छ ।
● AI प्रविधियुक्त विश्वप्रख्यात Smart Board प्रर्दशनीमा राखिने छ ।
● सूचना प्रविधि अध्ययन र छात्राबृत्तिको विषयमा जानकारी गरीने छ ।
● नेपालमा निर्माण भएका नवीनतम प्रविधि को जानकारी प्रदान गरीने छ ।
● बिभिन्न कम्पनीहरुबाट आकर्षक छूटको व्यवस्था पनी गरीनेछ ।




