• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाली समाज युएई को १६औ महाधिवेशन सम्पन्न, अध्यक्षमा मोक्तान


  •   शनिबार, माघ १२, २०८१ मा प्रकाशित
  • जनवरी २०२५ का दिन दुवइको बुर्जुमान स्थित पार्क रेगिस होटलको सभाहलमा नेपाली समाज, युएईको १६औ महाधिवेशन कार्यक्रम भव्यताका साथ एक विशेष समारोहका बिच सम्पन्न भएको छ । नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत श्री तेज बहादुर क्षेत्री ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा दुतवासका उपप्रमुख श्री रन्जिता दाहाल, श्रम काउन्सुलर श्री दिपेन्द्र पौडेल लगायतका विशिष्ट व्यक्तिहरू, यूएईका लागि नेपाल सरकारका तर्फबाट अवैतानिक पर्यटन दुत श्री मनोज नेपाल, समाजका सँस्थापक अग्रज एवं सल्लाहकार ज्युहरू, नेपाल एसोसिएसन एनआरएनए एनसिसी, नेपाल एयरलाइन्स, नेपाल पत्रकार महासंघ, राजनैतिक दलका भातृ संगठनहरू, नेफिन लगायतका सँस्था प्रमुख ज्युहरूको विशेष अतिथिका रूपमा आतिथ्यता रहेको थियो, तेसै गरि अतिथीमा पत्रकारहरू, नेपाली समाजमा आबद्द ६४ वटै संघ संस्था प्रमुख एवं यूएईमा सक्रिय विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरूको उपस्थिती रहेको थियो । उक्त समारोहमा समाजका पूर्व कार्य समिती पदाधिकारीहरू, साथै अन्य पार्षद् तथा आजिवन सदस्यहरू लगायत अन्य नेपाली दिदिबहिनीहरू र दाजुभाइहरूको बाक्लो उपस्थिती रहेको थियो । दिप प्रज्वलन सहित स्वस्ति वाचन, नेपाली राष्ट्रिय गान र यूएईको राष्ट्रिय गानका साथ बिधीबत रूपमा कार्यक्रमको उद्घाटन गरिए पछि समाजका वरिष्ठ उपाध्यक्ष कमल गिरिले स्वागत मन्तव्य राख्नु भएको थियो भने दुइ चरणमा सम्पन्न कार्यक्रमको प्रथम चरण समाजका अध्यक्ष बेद प्रसाद अर्यालको सभाध्यक्षमा सम्पन्न समारोहको संचालन महासचिव केदार कुँवर ले गर्नु भएको थियो । सोहि समारोहमा समाजको १५औ कार्य समिति (२०२३/०२५) कार्यकाल अबधिभर आजिवन सदस्यता प्राप्त गरेका करिब ८० जना सदस्यहरूलाइ प्रमुख अतिथिको बाहुलीबाट सदस्यता प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

    Advertisement

    कार्यक्रम संचालनका क्रममा समाजका महासचिव कुँवरले तत्कालिन समयमा सन् १९९० तिर खाडि युद्दका कारण यस क्षेत्रमा कार्यरत रहि समस्यामा परेका नेपालीहरूको सहयोग र सहजिकरणका लागि स्थापित भइ सुरूका दिनमा दुतावासको भूमिका निर्वाह गरि मध्य पूर्वि एशियाकै अग्रणी सँस्थाको रूपमा ३६ वर्षे इतिहासलाइ साक्षी राखेर सामाजिक सेवामा निरन्तर सक्रिय रहेको कुरा अवगत गराउँदै हलमा उपस्थित सँस्थापकहरू चन्द्र प्रसाद सापकोटा, राजु भट्टराइ तथा पूर्व अध्यक्ष कृष्ण ढकालको सक्रियता प्रति खुलेर प्रशंसा गर्नु भएको थियो । तेसै गरि शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले विविध कारणवश समस्यामा परेका श्रमिकहरूको हरेक समस्या समाधान तथा सहजिकरणका लागि समाज सारथी बनेको विषय स्मरण गराउँदै, यूएईमा रहेका समस्त नेपालीहरूको हक हित र भलाइमा खेलेको भुमिकाहरूका बारेमा खुलेर प्रशंसा गरेका थिय । शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी क्षेत्रीले नेपाली समाजको सक्रियताका बारेमा विभिन्न श्रोतबाट जानकारि पाय भन्दा बढि आफु यहाँ आए पछि नजिकबाट बुझ्न र अनुभव लिन पायको कुरा व्यक्त गर्दै, यूएईका हर कुनामा रहेका नेपालीहरूमा पर्न गएको समस्या समाधान र निराकारणका लागि आवश्यक सहजिकरण, समन्वय गर्दै दुतावासलाइ सहि सुचना प्रदान गर्नमा उल्लेख्य भूमिका खेलेको विषय बताउँदै यूएईमा सक्रिय सबै संघसंस्थाहरू सँग सहकार्य गरि यति धेरै सँस्था आबद्द गराएर एक द्दार प्रणालीबाट सामाजिक सेवामा सक्रिय रहँदा दुतावासको सेवा प्रवाह प्रभावकारी बनाउनका लागि अत्यन्तै महत्वपूर्ण योगदान दिएको कुरा व्यक्त गर्दै समाज तथा समाजमा सक्रिय व्यक्तिहरूको प्रगतिका लागि कामना गर्नु भएको थियो । उद्दघाटन समारोह समापन मन्तव्यका क्रममा सभाध्यक्ष अर्याल ले, नेपाली समाजको महत्व र भूमिका स्थापित गर्न आफ्नो नेतृत्वको टिम सफल रहेको महसुस गरेको कुरा व्यक्त गर्दै कार्यकाल स्वर्णिम बनाउन सहयोग गर्नुहुने कार्यसमिति पदाधिकारी लगायत सबै सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

    स्मरण रहोस्, अर्यालको नेतृत्वमा रहेको कार्यसमितिले विभिन्न सेवाका कामहरू अत्यन्तै सक्रियताका साथ सम्पन्न गरेको छ, यूएईमा रहेका आपतविपदमा परेका नेपालीहरूको सहयोगका लागि ३५औ स्थापना दिवस विशेष साँस्कृतिक कार्यक्रम गरि कोष निर्माण, स्वदेशमा गत वर्ष गएको भुकम्पमा दिवंगत भएकाहरूको सम्झनामा संयुक्त अक्षयकोष स्थापना, वितारा परेका नेपालीहरूको उद्दार, मृत्युवरण गरेका नेपालीहरूको शव व्यावस्थापन, जटिल स्वास्थ समस्यामा परेका नेपालीहरूको उपचार लगायतका थुप्रै कार्यहरूमा सक्रियता पुर्वक सहजिकरण र समन्वय गरेको छ। निर्वाचन समिति संयोजक एकेन्द्र बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न दोश्रो चरणको कार्यक्रममा, संयोजक थापाले नवनिर्वाचित कार्यसमिति घोषणा गर्दै नेपाली समाजको ३६ वर्षे इतिहासमा निवर्तमान समितिले समयमा नै वार्षिक पार्षद् भेला सहित समयमा नै अधिवेशनको आयोजना गरि सँस्थागत प्रक्रिय बसाल्ने प्रयास गरेको कुरा राख्दै १६औ महाधिवेशनको निर्वाचन प्रक्रियाबाट निवर्तमान पार्षद् अध्यक्ष राम बहादुर मोक्तान को अध्यक्षतामा निर्बिरोध नवनिर्वाचित टिम क्रमशः पार्षद् अध्यक्ष कमल गिरी, वरिष्ठ उपाध्यक्ष टंक बहादुर थापामगर, उपाध्यक्षहरू केदार कुँवर, रेशमराज खनाल, केशव ढकाल, रामबाबु न्यौपाने, राम प्रसाद श्रेष्ठ, लक्ष्मि पौडेल, तारा सिंह विष्ट, पार्षद् उपाध्यक्ष हुमराज बि.क., महासचिव जीवन पंगेनी, सचिवहरू प्रकाश दत्त बडु, अमित पाण्डे, ऋषिराम लम्साल, रमा न्यौपाने पन्थ, पार्षद् सचिव सुरेन तामाङ, कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सीना, सह-कोषाध्यक्ष, लीलाप्रसाद भट्ट, प्रवक्ता युवराज भट्टराइ, केन्द्रिय सदस्य एवं महिला विभाग प्रमुख संगिता नेपाल अधिकारी, केन्द्रिय सदस्यहरू जीवलाल पाण्डे, सिर्जना थापा, बुद्द बहादुर तामाङ, डिल्लीराम तामाङ, गान्देव घिमिरे, कमल बहादुर लावती, महेश्वर घिमिरे, मणिराम गैरे र नेत्र बहादुर घर्तिमगर रहेको टिम घोषणा गर्नु भएको दोस्रो चरणको कार्यक्रम संचालन निर्वाचन समिति सदस्य सचिव माधव न्यौपानले गर्नु भएको थियो । स्मरण रहोस्, गत नोभेम्बर २०२४ मा सम्पन्न पन्ध्रौं कार्यसमितिको अन्तिम पार्षद भेलाले सोर्हौ महाधिवेशन निर्वाचन कार्यक्रम संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासंघ युएई शाखालाई प्रदान गरेको थियो।

    शनिबार, माघ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.