• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ कुलमान घिसिङ


  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं/दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ । २०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले ठूलो साथ दिएको उहाँले जिकीर गर्नु भयो ।

    Advertisement

    शनिबार नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरागरी विदा भएका विद्यार्थीहरुलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले विद्युत प्रयोग गर्ने बानी व्यवहार परिवर्तन गरेकाले आफु लोडसेडिङ हटाउन सफल भएको बताउनु भयो । ‘उपभोक्ताको मागलाई कसरी म्यानेज गर्ने, उपभोगको शैली कसरी सुधार गर्ने कसैले सोचेकै थिएन । मैले एक नम्बरमा उपभोक्ताको व्यवहार र उपभोगको शैलीलाई परिवर्तन गरे । उपभोक्ताले पनि साथ दिनुभयो, त्यसपछि म सफल भए ।’ लोडसेडिङ एकै पटक अन्त्य गर्न नसकिने अवस्थामा आफुले काठमाडौंबाट सुरुवात गर्दा देशभरका जनताले साथ दिएको उहाँको जिकीर छ ।

    कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौदाको विषय जनतालाई दैनिक १८ घण्टासम्म अन्धकारमा राखेर उद्योगहरुलाई दिइएको विद्युत भएको बताउँदै उक्त विद्युत उपभोगको रकम तिर्नैपर्ने बताउनु भयो । ‘जनतालाई लोड सेडिङमा पारेर तत्कालिन म्यानेजमेन्टसँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो । विचमा उहाँहरुले धेरै अदालत र मुद्दा गर्नुभयो । त्यो लिनुपर्छ ।’ उहाँले भन्नुभयो । लोडसेडिङको समय एउटै उद्योगलाई ४० मेगावाट सम्म सप्लाई हुने गरेको जिकीर गर्दै कार्यकारी निर्देशक घिसिङले ४० मेगावाट विद्युतले ४० वटा पहाडी जिल्लालाई पुग्ने दावी गर्नुभयो । ‘४० मेगावाट एउटै उद्योगमा सप्लाई हुन्थ्यो । ४० मेगावाटले १० वटा जिल्लालाई पुग्छ । बेलुकाको टाइममा एउटै उद्योगले ४० मेगावाट चलायो भने १० वटा जिल्ला अन्धकार हुन्छ ।’ पहाडी जिल्लामा ४ मेगावाट पनि खपत नहुने घिसिङ भन्नुहुन्छ ।

    सप्लाई साइटको म्यानेजमेन्ट र डिमाण्ड साइटको म्यानेजमेन्टमा काम गर्दा लोडसेडिङ अन्त्य गर्न सफल भएको उहाँको दावी छ । २०७३ सालमा ५० प्रतिशत जनतामा विद्युत पुगेकोमा आजको दिन ९९ प्रतिशत जनताको घरमा विद्युत पुगेको उहाँको दावी छ । ‘लोडसेडिङको अन्त्य शहरी क्षेत्रको मात्र गरिराख्यौं, तर, काठमाडौं वरीपरीमै विद्युत पुगेको थिएन । जहाँ २४ सै घण्टा लोडसेडिङ थियो त्यहाँ विद्युत पुर्याउने हाम्रो काम नै महान काम हो । अहिले ९९ प्रतिशत जनताले विद्युत पाईरहेका छन् ।’ १ प्रतिशत जनताको घरमा आफ्नै कार्यकालमा प्ुर्याउने भन्दै उहाँले भन्नुभयो, ‘अब ६, ७ महिना छ यही कार्यकालमा १ प्रतिशत जनताका घरमा विद्युत पुर्याउँछु ।’

    लोडसेडिङ अन्त्यसँगै अरबौं घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु आफ्नो सबैभन्दा ठूलो उपलब्धी रहेको कार्यकारी निर्देशक घिसिङको जिकीर छ । ‘२०६९ सम्म २७ अर्बजति घाटा थियो त्यसलाई सरकारले जिरो बनायो । त्यसपछि ५ वर्षमा ०७२ सालसम्म ३५ अर्ब घाटा पुगेछ । म आउनुअघि एक वर्ष करिब ९ अर्ब जति घाटा थियो । म आएपछि ०७३÷०७४ मा एकै वर्ष त्यसलाई नाफामा कन्भर्ट गर्यौं । करिब डेढ अर्ब नाफाबाट सुरुभयो, त्यसपछि लगालग नाफामा गयौं । अहिले करिब ८५ अरब जति ब्यालेन्स बनाउन सफल भएका छौं ।’ प्राधिकरणमा नाफामा पुर्याउन चुहावट नियन्त्रणको पनि महत्वपूर्ण भूमिका रहेको घिसिङको भनाई छ ।

    इन्जिनियरिङका विद्यार्थीलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले इन्जिनियरका विद्यार्थीहरुका लागि विद्युत प्राधिकरण पाठशाला रहेको बताउनु भयो । ‘तपाईहरु अहिले जति पास आउट गर्नुभएको छ त्यो सबै बेसिक छ । अब प्रोफेसनल लाइफमा धेरै सिक्नुहुन्छ त्यो चैं ठूलो पाठशाला हो । विद्युत प्राधिकरण सबै प्रकारका इन्जिनियरहरुको लागि ठूलो पाठशाला हो ।’ आफुले प्राधिकरणमा ३१ वर्ष सेवा गर्दा ठूलो अनुभव हासिल गरेको उहाँको भनाई छ ।

    उहाँले इन्जिनियरहरुका लागि सरकारी र प्राइभेटमा दुवै क्षेत्रमा धेरै अवसर र संभावनाहरु रहेको जनाउनु भयो । साथै, इन्जिनियरहरुले नेतृत्व पनि गर्न सक्ने दावी गर्नुभयो । ‘इन्जिनियर भनेको टेक्नोक्रयाट मात्र हैन, इन्जिनियर भनेको समाज बुझ्ने, वातावरण बुझ्ने हुनुपर्छ । जब प्रोफेसनल लाइफमा जानु हुन्छ तपाई ठूलो म्यानेजर हो ।’ इन्जिनियरिङमा प्राविधिक क्षेत्रमा परामर्श दिएर अगाडी बढ्ने प्राविधिक फिल्डमा पनि व्यवसायिक नेतृत्व गर्न सकिने घिसिङको भनाई छ ।

    कार्यकारी प्रमुख घिसिङले लिडरसिपमा आएका इन्जिनियरहरु सफल भएको जिकीर गर्नुभयो । ‘इन्जिनियरहरुले जहाँ जहाँ नेतृत्व गरेका छन् त्यो राष्ट्र धेरै छोटो समयमा विकास भएको पनि देखिन्छ ।’ एक समय चीनको नौ वटा स्ट्याण्डिङ कमिटीमा इन्जिनियरहरु रहेको उदाहरण दिँदै उहाँले भन्नुभयो । बर्तमान चीनको राष्ट्रपति समेत केमिकल इन्जिनियर भएको भन्दै उहाँले इन्जिनियरहरुले प्राविधिक, सामाजिक, वातावरणीय र राजनीतिक नेतृत्व दिन सक्ने दावी गर्नुभयो ।

    कार्यकारी प्रमुख घिसिङले विद्यार्थीहरुलाई पढ्नका लागि विदेश गएपनि देशका लागि सोच्नुपर्ने उल्लेख गर्नुभयो । ‘देशका लागि के गर्न सकिन्छ भनेर अगाडी बढ्नु पर्छ । विदेश जानै हुन्न भन्ने लाग्दैन । जानुपर्छ, अनुभव गर्नुपर्छ तर, तपाईले गर्नुभएको अनुभव राष्ट्रको लागि हुनुपर्छ ।’ नेपालमा इन्जिनियरहरुका लागि धेरै अवसर रहेको भन्दै घिसिङले भन्नुभयो । धेरै चुनौतिहरु भएको स्थानमा अवसर पनि हुने उहाँको अनुभव छ ।

    विदाई कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले विद्यार्थीहरुलाई कलेजमा सिकेको ज्ञान र सीपलाई नैतिकतामा रहेर व्यवहारमा उतार्न सुझाब दिनुभयो । व्यवसायिक जीवनमा जाँदै गर्दा विद्यार्थी जीवनमा भन्दा बढी चुनौति र समस्याहरु आइपरे पनि विद्यार्थीलाई थप मेहनतका साथ हल गरे सफलता प्राप्त गर्न सकिने बताउनु भयो ।

    कार्यक्रममा कलेजका सहायक प्राचार्य मोहनध्वज केसी, आर्किटेक्चर विभागका विभागीय प्रमुख अनिलकुमार रेग्मी, कम्प्युटर इन्जिनियरिङका विभागीय प्रमुख जीतबहादुर बोहरा, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका विभागीय प्रमुख सचिन श्रेष्ठ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका विभागीय प्रमुख यमकृष्ण पौडेल लगायतले स्नातक तहमा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारिक जीवनमा इमान्दारिता र लगानशीलताका साथ प्रयोग गर्न सुझाब दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्यार्थीहरुलाई मायाको चिनो, विषयगत अवार्ड र कार्यक्रम टपर अवार्ड वितरण गर्नुभएको थियो ।



    सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.