भदौ०९/भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना सङ्क्रमण भएपछि बन्द गरिएको अस्पतालको प्रसूति सेवा सुचारु भएसँगै महिलाहरु लाभान्बित हुन थालेका छन् । अस्पतालले साउन ३२ गते साँझबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो । अस्पतलका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरि अस्पताललाई पूर्ण निर्मलीकरण गरेर भदौ ४ गते दिउँसोबाट सेवा सुचारु गरेको हो । अस्पताल बन्द गर्नुअघि दैनिक ४० जनाभन्दा वढी प्रसूति गराइँदै आएको थियो । अकस्मात अस्पताल बन्द भएपछि बिरामी प्रभावित भएका थिए ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत बुधबार अस्पताल खुलेको दिन अस्पतालमा ३ जनाको प्रसूति गराएकोमा सोमबारसम्म आइपुग्दा यो सङ्ख्या बढेर १७ पुगेको छ । तीमध्ये ९ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको छ । धेरैलाई अस्पताल खुलेको थाहा नभएर अझै आई नसकेको उहाँको भनाइ छ । अस्पतालको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले अस्पताल खुलेसँगै सबैभन्दा बढी मकवानपुरबाट महिलाहरु सेवा लिन आएको बताउनुभयो । चितवन, नवलपरासी, गोर्खा, लमजुङलगायत जिल्लाबाट बिरामी आएको उहाँको भनाइ छ । निजीमा भर्ना हुन सहज छ भने खर्च महङ्गो लाग्ने गर्दछ ।
साधारण सुत्केरी हुनेले रु २० हजारसम्म र शल्यक्रिया गर्नुपर्दा रु ५० हजारभन्दा बढी खर्च हुने गर्दछ । सरकारीमा प्रसूति सेवा निःशुल्क भएर घर फर्कदा एम्बुलेन्स खर्च समेत पाइन्छ । सापकोटाका अनुसार जिल्लामा सङ्क्रमण देखिए यता भरतपुर अस्पतालको प्रसूति विभागका प्रमुख डा। सुनिलमणी पोख्रेलवाहेकलाई सङ्क्रमण भएको छैन । त्यहाँ कार्यरत २२ मध्ये २१ चिकित्सक र ४० नर्ससहित सहयोगीहरु सबै सुरक्षित छन् । यो संगै उपचारका लागि यहाँ आएका गर्भवती एवम् महिला पनि सुरक्षित रहेका छन् । उहाँले भन्नुभयो “हामीले स्वास्थ्य मन्त्रालयको निर्देशिका र मापदण्ड सकेसम्म पालना गरि उपचार गरिरहेका छौ ।” अन्यत्र भन्दा हामीले वढी सुरक्षा सतर्कता अपनाउने गरेको हुँदा नै आजसम्म सङ्क्रमणबाट बच्न सकेको उहाँको भनाइ छ ।
परोपकार प्रसूति गृहपछि देशकै धेरै सुत्केरी हुने ठाउँ भरतपुर अस्पताल हो । यहाँ वार्षिक १३ हजार हाराहारी सुत्केरी हुने गर्दछन् । अनुभवी चिकित्सक, नर्स र सहयोगी भएकै कारण जिल्लामा अन्यत्र काम गर्ने चिकित्सकहरुले समेत आफ्ना श्रीमती र आफन्त भरतपुर अस्पतालमा नै सुत्केरी गराउने गरेको पाइन्छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले अब कोरोना सङ्क्रमण भएका सुत्केरी र अन्य बिरामीको पनि शल्यक्रिया गर्नुपरेमा यही गर्नुपर्ने भएकाले तयारी गरिदैं गरेको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितलाई छुट्टै बच्चा जन्माउने कक्ष र शल्यक्रिया कक्ष तयार गर्न लागिएको छ ।
अधिकारीले छोटो समय सेवा वन्द गर्नुपर्दा धेरैले दुःख पाएको भन्दै अब सरकारी अस्पतालको सेवा सकेसम्म बन्द नहुने वताउनुभयो । उहाँले भन्नुभयो, “हामीले शुरु देखिनै सङ्क्रमितको उपचार गरेकाले आवश्यक सतर्कता अपनाएकै कारण यहाँ बिरामी सुरक्षित भएका हुन ।” अन्य अस्पतालमा बिरामी सङक्रमित भएको भए पनि सरकारी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिदासमेत बिरामीमा सङ्क्रमण फैलन पाएको छैन । अधिकारीका अनुसार अहिले अस्पतालको वहिरङ्ग बाहेकका सेवा शुरु भएका छन् । निषेधाज्ञाका कारण वहिरङ्गमा आउने थोरै बिरामीलाई आकस्मिकबाट सेवा दिइएको छ ।
निजीले उपचार गर्न नमान्ने हुँदा कतिपय बिरामीको उपचार सरकारीमा मात्र गर्नुपर्ने हुन्छ । भरतपुर अस्पतालमा सघन उपचार कक्षको क्षमता कम भएकाले कतिपय बिरामी निजीमा पठाउनु पर्ने भएपनि अन्यलाई उपचारमा कुनै रोक नहुने अधिकारीको भनाइ छ । सरकारीका चिकित्सक र स्वास्थ्यकर्मीले आलोपालो गरेर सेवा दिइरहेका छन् । यहाँ चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिने गरेका छन् । रासस
जिल्लामा पछिल्लो समयमा सरदर दैनिक १४ जनामा कोरोना सङ्क्रमित थपिन थालेका छन् । गत साउन २१ गतदेखि आजसम्म जिल्लामा २ सय ६९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । अहिले सम्म सङ्क्रमितको सङख्या ३ सय ८५ पुगेको छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार गत साउन ९ गतेसम्म जिल्लामा १ सय १६ जनामा सङ्क्रमण देखिएको थियो । साउन १० गतेदेखि २१ गते सम्म यहाँ सङ्क्रमण देखिएको थिएन । पछिल्लो २० दिनको समयमा कोरोना सङ्क्रमण दर निकै वढेको छ । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार सङ्क्रमित मध्ये १ सय २६ जना कोरोना निको भई सकेको छ । १ सय ७६ जनामा कोरोना रोगको लक्ष्यण देखिएको थिएन ।
जिल्लामा भेटिएका सङक्रमित मध्ये ६३ जनामा मात्र लक्षण देखा परेको छ । हाल सक्रिय सङक्रमित २ सय ५४ जना रहेका छन् । उनीहरु मध्ये १८ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उचित तरिकाले मास्क लगाउने, भिडभाड नगर्ने, व्यक्ति व्यक्तिबीच सामाजिक दुरी कायम गर्ने, केही छोए पछि साबुन पानी वा स्यानीटाइजरले राम्रोसँग हात धोए कोरोनाबाट जोगिन सकिने प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई सङ्क्रमित र अन्य सबै बिरामीहरुले सहज उपचार पाउने व्यवस्था मिलाउनका लागि सरकारी र निजी क्षेत्रका अस्पतालहरुको बीचमा समन्वय गर्न संयन्त्र निर्माण भई काम सुरु गरिएको बताउनुहुन्छ । लक्षण नदेखिएका सङ्क्रमितहरुलाई स्थानीयतहको आइसोलेशनमा राख्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो “सङक्रमण रोकथामका लागि स्थानीय तह, वडा तथा टोल सुधार समितिको क्रियाशिलता अझै बढी आवश्यक छ ।”
भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ । सङ्कलित स्वाब मध्ये १५ देखि २० प्रतिशतमा कोरोना पुष्टि देखिने जनाइएको छ ।