काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Advertisement
मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
काठमाडौं उपत्यकामा भने २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।




