यही पौष २४ गते देखि माघ ३० गते सम्म गण्डकी र त्रिशुली नदीको संगमस्थलमा अवस्थित पवित्र देवघाट धाममा ऐतिहासिक देवघाट महा–महोत्सव २०८१ हुने भएको छ। ऐतिहासिक स्थललाई अझ व्यवस्थित र सुद्ढ बनाउँदै धर्म, संस्कृति र सामाजिक सेवाको अभिवृद्धि गर्ने उद्देश्यले विश्व जागरण महाअभियान ट्रस्टले देवघाट महा–महोत्सव २०८१ को आयोजना गरिएको हो।
“मानव सेवा नै माधव सेवा” भन्ने उद्देश्यका साथ देवघाट क्षेत्र विकास समिति र महोत्सव आयोजक समितिले न्यानो कपडा र सिरक डस्ना वितरण लगायतका परोपकारी गतिविधिहरु गर्दै आइरहेको छ। सो महोत्सवमा पौष २४ गते गणेश पूजन, भूमि शोधन र आदिवास पूजन गर्ने, पौष २५ गते श्री नृसिंह महायज्ञ र महाशुदर्शन हुने, पौष २७ गते देवघाट दिव्यधाम परियोजनाको शिलान्यास गर्ने र माघ १ गते देखि ३० गते सम्म पवित्र त्रिवेणी संगममा माघ स्नान गर्ने कार्यहरु हुने भएको छ।
अखण्ड हरिनाम संकीर्तन, १०८ श्रीमद्भागवत पाठको सामुहिक पारायण, १ लाख २५ हजार श्रीफलको हवन, १ लाख शीला पूजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन तथा पूजन, ३३ कोटी दिपहरुको प्रज्वलन र कथा÷प्रवचन हुने सोमबार देवघाटमा प्रत्रकार सम्मेलन गरी जानकार िगराएको छ।




