• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

नारायणगढ जेसिजको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • नारायणगढ जेसिजको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आइतबार साँझ पुलचोकस्थित जेसिज भवनमा वर्ष २०२५ को कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । प्रतिनिधि सभा सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नारायणगढ जेसिज वर्ष २०२४ का अध्यक्ष राजेन्द्र भट्टराईले वर्ष २०२५ का नवनिर्वाचित अध्यक्ष रविन्द्र कुमार श्रेष्ठलाई पद हास्तान्तरण गर्नुभयो । वर्ष २०२५ को अध्यक्षको पदभार ग्रहण गर्दै श्रेष्ठले कार्यदक्षता र क्षमताले सम्भव भएसम्म आफ्नो कार्यकाललाई सफल बनाउने बताउनुभयो ।

    Advertisement

    उहाँले जेसिजको स्वर्ण जयन्तिको समयमा नै आफू अध्यक्षमा निर्वाचित भएको भन्दै यो कार्यकाल बिशेष रहने बताउनुभयो । वर्ष २०२५ लाई भव्य रुपमा सफल पार्ने श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जेसिजको मर्म र भावनालाई आत्मसाथ गर्दै अघि बढ्ने पनि बताउनुभयो । यस्तै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा ‘दिगो बिकासका लागि यवा नेतृत्व अभियान’ अघि बढाईने पनि बताउनुभयो । सोही अवसरमा नारायणगढ जेसिजको स्वर्ण महोत्सवको लोगो पनि अनावरण गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि सांसद भण्डारीले जेसिजका गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । जेसिजले युवा लक्षित विभिन्न कार्यक्रमहरु ल्याएर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न प्रयास गरिरहेको पनि उहाँको भनाइ थियो । उहाँले जेसिजसँग सरकारले सहकार्य गर्न पर्ने धारणा राख्नुभयो ।
    सरकारले नेतृत्व तहमा जेसिजका युवाहरुलाई अवसर दिन सके देश बिकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सांसद भण्डारीको भनाइ थियो । उहाँले वर्ष २०२५ का अध्यक्ष श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिँदै स्वर्ण महोत्सवको पनि भव्य सफलताको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै वर्ष २०२४ का अध्यक्ष राजेन्द्र भट्टराईले आफ्नो कार्यक्रलमा युवा लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सोही अवसरमा भट्टराईले आफ्नो कार्यकाल सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुलाई विभिन्न विधामा अवार्ड समेत वितरण गर्नुभयो ।

    पुष ८, ९ र १० गते सम्पन्न नारायणगढ जेसीजको ४७ औँ शाखा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । कार्यकारी उपाध्यक्षमा विपिन कंडेल र सुवास कंडेल, उपाध्यक्षमा प्रदीप पौडेल, विनोद अधिकारी, कमल बस्याल र सन्जिव पौडेल, निर्देशकमा सुशील सापकोटा, अश्विन पौडेल, सौगात देवकोटा र सुरज पण्डित चयन भएका थिए ।

    यसैबीच पदभार ग्रहणसँगै अध्यक्ष श्रेष्ठले कार्यसमितिका विभिन्न पदमा मनोनित गर्नुभएको छ । जस अनुसार श्रेष्ठले सह कोषाध्यक्षमा बिनिशमान शाक्य, सह सचिवमा रुबल श्रेष्ठ, कोषाध्यक्षमा रामबाबु पुडासैनी, महासचिवमा कपिल श्रेष्ठ तथा कानुनी सल्लाहकारमा सन्तोष पण्डितलाई मनोनित गर्नुभएको हो ।

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.