• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

पौष २५ गतेदेखि माघ १० गतेसम्म चितवन महोत्सव हुने


  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवनको गौरव र गरिमामय प्रस्तुत्ति, चितवनको पहिचान र ऐतिहासिक महत्व बोकेको चितवन महोत्सव पौष २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने भएको छ ।
    चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन, सूचना प्रविधि, औद्योगिक विकास लगायत समग्र आर्थिक, सामाजिक र सास्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याउंदै चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म पुरÞ्याउने उद्देश्यले प्रत्येक २÷२ वर्षको अन्तरालमा वि.सं. २०५३ साल्नदेखि आयोजना गरिदै आएको चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सवको १५ औं संस्करणको रुपमा चितवन महोत्सव–२०८१ प्रदर्शनी मैदान, नारायणी नदी किनार, नारायणगढ चितवनमा मिति २०८१ पौष २५ देखि माघ १० गते सम्म (तद्अनुसार ८ देखि २३ जनवरी २०२५) आयोजना हुँदैछ ।
    जिल्लाको सामाजिक, आर्थिक तथा सांस्कृक्तिक विकासमा सहकार्य गर्दै सार्वजनिक निजी साझेदारीको अनुपम नमुना पेस गर्दै आइरहेका सहयात्रीसंगको सहकार्यमा उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको मुख्य प्रवद्र्धनमा सम्पन्न हुन लागेको हो ।
    प्राकृतिक, सास्कृतिक, धार्मिक तथा जैविक विविधताले भरिपूर्ण चितवन जिल्ला पर्यटकीय दृष्टिकोणले राज्यको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको छ भने नेपाल आउने बाह्य पर्यटकको रोजाइमा चितवन निरन्तर पर्दै आइरहेको छ । भौगोलिक दृष्टिकोणले मात्र नभई आर्थिक गतिविधिका हिसावले समेत नेपालको केन्द्र विन्दुमा रहेको चितवन जिल्ला उद्योग तथा व्यवसाय संचालन गर्नेहरुको लागि उर्वर भूमि रहंदै आएको छ भने शैक्षिक गन्तव्यको रुपमा चितवन काठमाण्डौ पश्चात दोस्रो गन्तब्यको रुपमा विकसित हुँदै आएको छ ।
    राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा समेत ख्याति प्राप्त गर्न सफल चितवन महोत्सवका विगतका संस्करणहरूमा संघले कुनै एक वस्तु तथा क्षेत्रलाई प्रवद्र्धन गर्दै आइरहेको छ । संघले विगतका महोत्सवहरूमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी र मह, केरा लगायतका उत्त्पादनहरूलाई केन्द्रविन्दुमा राखी कार्यक्रम सम्पन्न गरेको थियो जसका कारण उपर्युक्त विषयमा चितवन हाल्न आत्मनिर्भर मात्र होईन पकेट क्षेत्र समेत बन्न सफल भएको छ । यसै सन्दर्भमा हामीहरूले यस वर्ष पर्यटनलाई प्रवद्र्धन गर्ने हेतुले पर्यटनलाई केन्द्रविन्दुमा राखि महोत्सव आयोजना गर्न लागिएको हो ।
    चितवन जिल्लालाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको छ यसका लागि संघले महोत्सव परिसर भित्र चितवनको विविधताको प्रतिनिधित्व गर्ने खालको कृत्रिम पार्क निर्माण गर्न लागेको छ भने चितवनका पर्यटकीय स्थलहरु सम्म जान आउनको लागि सफारीको व्यवस्था, होमस्टेमा वसोवास गर्ने प्रवन्ध मिलाउने, चितवनको पर्यटकिय स्थलहरुको वृत्तचित्र प्रस्तुत गर्ने कार्य गर्न लागेको जानकारी गराउन चाहन्छु । साथै यस बर्ष महोत्स स्थल देखी चितवन जिल्लाका पर्यटकिय स्थल सम्म पार्टि वस समेत सञ्चालन गर्नको लागि गृहकार्य भैरहेको छ ।
    आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा केन्द्रित रहने महोत्सवमा पर्यटन संग सम्बन्धित गतिविधि सञ्चालन गरिने छ । चितवन जिल्लाको पहिचान, यसको बहुआयामिक विविधता, पर्यापर्यटन र चितवन आन्तरिक तथा बाहय दुवै पर्यटनका लागि सबै सिजनका लागि उत्कृष्ट गन्तब्य हो भन्ने स्थापित गर्न महोत्सव केन्द्रित रहने छ । यसका साथसाथै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पोल्ट्री तथा उद्योग प्रवद्र्धनमा महोत्सवका गतिविधि संञ्चालन हुनेछन । यस वर्षको चितवन महोत्सवमा अन्तराष्ट्रिय व्यवसायीक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहने छ । चिनको उद्योग वाणिज्य संघहरुको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादनको प्रर्दशनी सहित चाइनिज प्याभिलियन रहेनछ । ७ बटा विशेष स्टल डोम, कृषि परिसर अटो परिसर साथसाथ निर्माण सामाग्री व्यवसायीको सहकार्यमा निर्माण एक्सपो, घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४३० वटा स्टलहरु रहनेछन् भने प्रत्येक स्टलको विमा गरिएको छ ।
    विगतका महोत्सवहरुमा सञ्चालन हुँदै आएको फुड फेस्टिभल यस वर्ष पनि परम्परागत खानाको प्रबद्र्धन गर्ने उद्देश्यले २०८१ पौष २१ देखि माघ ७ गते सम्म क्याम्पाचौर नारायणगढमा सञ्चालन गरिनेछ भने २०८१ पौष २९ गते देखी माघ ४ गते सम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, साहित्य लगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिनेछन् । यस बर्ष चितवनको पहिचान गराउन सफल रहेको केराको उत्पादनलाई विविधीकरण गर्दै व्यवसायिकता तर्फ उन्मुख गर्न अभिप्रेरित गर्ने उद्देश्यले केराको घामबाट रेसा उत्पादन गर्ने कार्यलाई परिसरमा प्रत्यक्ष प्रदर्शनी गर्न लागिएको जानकारी गराउन चाहन्छु ।
    १५ दिन सम्म सञ्चालन हुने महोत्सवमा विगतका महोत्सवहरुमा झै विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरुको भेषभुषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृक्तिक कार्यक्रम, राष्ट्रिय कलाकारहरुको प्रस्तुति प्रतियोगितात्मक कृषि उपजको प्रर्दशनीले निरन्तरता पाउने छन् । यसै गरी थप मनोरञ्जनका लागि बाल उद्यान सञ्चालन गरिने छ। महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्येनजर गर्दै महोत्सव अवधिभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र प्रत्येक दिन स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी गराउँछु । यसै गरी यसपटक पनि मौरी र चितवनको पहिचान गराउन सफल तोरीलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव परिसरमा मौरीको प्रतिमा सहित तोरीबारीको निर्माण गरिने छ ।
    चितवन महोत्सव २०८१ मा कलात्मक प्रवेशद्वार राखिनुका साथसाथै महोत्सव परिसरमा कलात्मक आक्तिहरु निर्माण गरिनेछन् । वाह्य सुरक्षाका लागि स्थानिय प्रशासनसंग समन्वय गर्दै आन्तरिक सुरक्षाका लागि सुरक्षागार्डको उचित व्यवस्था गरिएकोछ भने महोत्सव परिसर २४ सै घण्टा सिसिटिभिको निगरानीमा रहनेछ । महोत्सव परिसरमा खानेपानी तथा शौचालयको उचित प्रबन्ध गरिएको छ । यसै गरि प्रदर्शक तथा अवलोकनकर्ताको सुविधाको लागि महोत्सव परिसरमा फि वाईफाईको व्यवस्था गरिएको समेत जानकारी गराउन चाहन्छु । यस वर्ष नव उद्यमीहरुको पहिचान गर्ने उद्देश्यले स्टार्टअपलाई जोड दिदै महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाहरुको तथ्याङ्ग संकलन गर्ने कार्यक्रम रहेको छ । उक्त तथ्याङ्ग संकलन पश्चात संघमा स्थापना गरिएको रोजगार तथा व्यवसाय सूचना केन्द्र मार्फत रोजगारीका लागि पहल गर्नुका साथसाथै आवश्यक सिप तथा तालिम संचालन गर्ने योजना रहेको छ । यसपटक हामीहरूले भरतपुर महानगरपालिका संगको सहकार्यमा बेरोजगार युवा र रोजगारदाताहरुलाई मध्येनजर गरि रोजगार परिसरको व्यवस्था गरेका हो जहां दक्ष र बेरोजगार युवाहरुलाई परिसरमा नै रोजगार दिने व्यवस्था गरिएको थियो ।
    यस बर्षको महोत्सवको प्रवेश शुल्क सर्वसाधारण तर्फ रु १००/– र विद्यार्थी सहूलियत रु. ५०।– राखिएको छ भने अपाङ्ग, बद्धवद्धा तथा फरक क्षमता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । टिकट भौतिक रुपमा र अनलाइनबाट समेत पनि खरिद गर्ने व्यवस्था गरिएको छ ।

    Advertisement

    बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.