भरतपुर/नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा सरकारी निजि क्षेत्रको सहयोगमा १२ औ राष्ट्रीय पोल्ट्री दिवस भरतपुर चितवनमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । कुखुराको अण्डा र मासुको परिकार स्वस्थ जीवनको आधार मुल नारा सहित आयोजित पोल्ट्री दिवस नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्व र कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालय बाग्मती प्रदेशका सचिव बिनोद कुमार भट्टराईको प्रमुख आतिथ्यतामा सन्चालन भएको थियोे , बाजागाजा, प्ले कार्ड र झाकी सहित चितवन औद्योगिक प्रदर्शनी परिसर भरतपुर बाट चौबीस कोठी, हाकिम चोक परिक्रमा गरि कार्यक्रम स्थल चितवन प्रदर्शनी परिसरमा जम्मा भइ औपचारिक कार्यक्रम भएको थियो । पोल्ट्रीको बर्तमान अवस्था बारे प्राध्यापक डा सुविर सिह, अण्डा र मासुको महत्व बारे बि पि कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिस्ठ बालरोग विशेषज्ञ डा कृष्णसागर शर्मा र सरकारी नीति नियम योजनाका बारेमा कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालयका बरिस्ठ पशुचिकित्सक डा राममान प्रधानले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।





