भरतपुर/चितवन फिजिकल फिटनेस सेन्टर प्रा.लि.को बार्षिकोत्सवको अवसरमा उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को संयुक्त आयोजनामा वृहत रक्तदान, निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न भयो ।
चितवन फिजिकल फिटनेस सेन्टर प्रा.लि.का अध्यक्ष प्रकाश गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागतसँगै कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
ब्लड डोनर्स सोसाइटी नेपालका बरिष्ठ उपाध्यक्ष हरि प्रसाद न्यौपानेले ब्लड दिएर रक्तदान कार्यक्रमको शुभारम्भ भएको कार्यक्रममा महिला पुरुष गरेर ३१ जनाले रक्तदान गरेका थिए ।
Advertisement




