अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा आज भरतपुरमा ध्यानका फाइदा सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। द आर्ट अफ लिभीङ्ग नेपाल र लायन्स क्लव क्लस्टरको संयुक्त आयोजनामा आज सो कार्यक्रम सम्पन्न गरिएको हो। आर्ट अफ लिभीङ्गका फाउन्डर श्री श्री रविशंकर जी समेत जोडिएको उक्त कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी, शिक्षक, डाक्टर, व्यवसायी तथा समाजसेवीको सहभागीता रहेको आर्ट अफ लिभीङ्ग का प्रशिक्षक पवन नेपालले जानकारी दिनुभएको छ। कार्यक्रममा लायन्सका विशिष्ट व्यक्तिहरुको समेत सहभागीता रहेको थियो। विगत ६ दिनदेखी संचलित ह्यापिनेस कार्यक्रमको समापन कार्यक्रमकै अवसरमा आज ध्यानको मानसिक, शारिरिक, व्यवहारीक तथा वैज्ञानिक फाइदाका बारेमा चर्चा गरीएको थियो। भरतपुर ११ बसन्तचोक स्थित स्मार्ट गार्डेन एण्ड रेस्टुरेन्टमा दिउँसो १ बजे देखी २ बजेसम्म सन्चालित कार्यक्रममा सहभागीहरुले समुहमा ध्यान समेत गरेका थिए।
अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा ध्यानका फाइदा सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम
अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा ध्यानका फाइदा सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम
तपाईको प्रतिक्रिया




