• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चितवनमा ५ दिनदेखि जारी कृषि मेला सकियो


  •   शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
  • चितवन/कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा ५ दिनदेखि जारी दोस्रो संस्करणको ‘कृषि प्रदर्शनी तथा कृषक मेला– २०८१’ सम्पन्न भएको भएको छ ।
    कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय परिसरमा मंसिर २९ बाट सुरु गरिएको मेला आज पुष ३ गते समापन गरिएको हो ।
    मेला आयोजक कमिटीका सचिवालय संयोजक एवम् विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. ऋषिराम कट्टेलले मेला अवधिभर १४ हजार सहभागि भएको जानकारी दिनुभयो । उहाँले मेलामा १५ लाखको कारोबार भएको जानकारी दिनुभयो । मेलामा कारोबार गर्नुभन्दा पनि कृषि प्रविधि, ज्ञान र सीपको हस्तान्तरण बढी महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
    महोत्सवमा विश्वविद्यालयका विद्यार्थी, विभिन्न संकाय, कृषि उद्यमीका साथै केही व्यावसायिक स्टल गरी ९८ वटा स्टल रहेका थिए । मेलामा निःशुल्क माटो परीक्षण, रैथानी बाली प्रदर्शन, कृषि उपकरणको प्रदर्शनी, निःशुल्क बाली एवम् पशु उपचार शिविर, बीउ बिजन परीक्षण, बाली बीमा र कृषि कर्जा सम्बन्धि परामर्श, सरोकारवाली बीच विविध विषयमा अन्र्तक्रिया तथा बहस, नृत्य प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता लगायतका गतिविधि भएका थिए ।
    मेलामा नवप्रवर्तन, कृषि तथा वनको दिगो विकासमा राष्ट्रिय नीति सम्बन्धी बहस, दिगो खाद्य प्राणालीका लागि कृषिमा रुपान्तरण विषयक बहस, रैथाने तथा कोदोजन्य बाली प्रवद्र्धन अन्तरसंवाद र मानव वन्यजन्तु द्वन्द्व विषयक समुहगत बहस गरिएको थियो । बहसमा सम्बन्धित क्षेत्रका विज्ञहरुसहित किसानको उपस्थिति रहेको थियो ।
    मेला आयोजक समिति संयोजक एवम् विश्वविद्यालयका उपकुलपति एवम् रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो । किसान, विद्यार्थी र अनुसन्धानकर्ताबीच छलफल तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि यस्ता मेलाले धेरै योगदान दिने थपलियाको भनाइ छ ।
    कृषि मेलाको पहिलो संस्करण वि.सं. २०७६ सालमा भएको थियो । कोरोना लगायतका विविधि कारणले ५ वर्षपछि मेला गर्नुपरेको बताउँदै उपकुलपति थपलियाले अब यसलाई नियमितरुपमा गरिने बताउनु भएको छ । अब हुने मेलाको समिक्षा बैठकमा आगामि मिति तोकिने उहाँको भनाइ छ ।
    मेलाको समापन समारोहमा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख उपस्थिति रहेको थियो भने मेलाको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले गर्नुभएको थियो ।
    समापन समारोहमा बोल्दै मन्त्री श्रेष्ठनले कृषि विश्वविद्यालयबाट उत्पादित विद्यार्थीहरु कृषि उद्यममा लाग्नुका साथै अन्य किसानहरुलाई पनि विद्यार्थीहरुले सिकाउन आवश्यक रहेको बताउनु भयो । त्यसका लागि सरकारले विद्यार्थीलाई गर्नुपर्ने सहयोग गर्ने तयारी गरिरहेको उहाँको भनाइ छ । विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुलाई कृषि उद्यम गर्न प्रोत्साहन गर्ने उद्देश्यले कृषि उद्यम गर्न चाहने विद्यार्थीलाई शर्सत अनुदान रकम उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको उहाँले बताउनुभयो ।
    त्यसैगरी रैथाने बालीको विकास गरी देशलाई बिउमा आत्मनिर्भर बनाउनतर्फ विश्वविद्यालयले अझै बढी जोड दिनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । कृषिमा अब रासायनिक मलभन्दा पनि प्राङ्गारिक मलको प्रयोगलाई बढाउँदै लैजानुपर्ने आवश्यकतालाई मनन गर्दै प्रदेश सरकार प्राङ्गारिक कारखना स्थापना गर्नतर्फ अगाडि बढेको उहाँको भनाइ छ ।
    समापन समारोहमा मेला आयोजक समिति सचिवालय सदस्य एवम् विश्वविद्यालयका उप प्राध्यापक सुमन ढकालले मेला सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने स्वयंसेवक परिचालन समितिका संयोजक एवम् विश्वविद्यालयका उप प्राध्यापक दिनेश भट्टले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
    समापन समारोहमा जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायण अधिकारी, सहकारी बोर्डका सह अध्यक्ष मित्रराज दवाडी, विश्वविद्यालयका विभिन्न संकाय प्रमुखहरु, विद्यार्थी, किसान, सरोकारवाला व्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.