• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पर्यटन क्षेत्रलाई अझै मजबुत बनाउन निकुञ्जको संरक्षण गर्नुपर्छ : अर्याल


  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
  • वि.स. २०४० सालदेखि चितवनको पर्यटकिय नगरी सौराहामा होटल संचालन गर्दै आइरहनु भएका राइनो लज एण्ड होटलका संचालक रामकुमार अर्यालसंग पत्रकार अजित अधिकारीले होटल र समग्र पर्यटनका बारेमा गर्नुभएको कुराकानी :
    यहाँलाई हार्दिक स्वागत छ ?
    धन्यवाद अजित जि !
    आराम हुनुहुन्छ ?
    आराम छु ।
    दिनहरु कसरी बिताउदै हुनुहुन्छ ?
    विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छु । त्यो भएको हिसाबले सामाजिक कर्ममा झनै व्यस्त छु । आफ्नै होटल एण्ड लज भएका कारणलेपनि दिनभरी आफ्नै कार्यमा व्यस्त हुन्छु । यसरी नै मेरा दिनहरु चलेका छन् ।
    अब विषयबस्तुमा केन्द्रीत हुन चाहे, तपाईंमा होटल व्यवसायमा लाग्ने सोच कसरी आयो ?
    अजित जि, तपाईंलाई बास्तबमा भन्नुपर्दा म सानैदेखि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच राख्ने व्यक्ति हुँ । सुरुवातमा होटल भाइले संचालन गर्नुहुन्थ्यो । अझ विशेषगरी भाइबाट प्रभावित भएर मलाईपनि होटल गर्ने सोच आयो । आफ्नै जग्गा भएकाले लगानी बाहेक भाडा तिर्न नपर्ने भएपछि मैले होटल संचालन गरे । पोखरामा पनि होटल छ । त्यो होटल भाइले संचालन गरिराख्नुभएको छ ।
    सुरुवातमा कतिको लागतबाट कहिलेदेखि यहाँले होटल संचालन गर्नुभयो ?
    मैले वि.स. २०४० सालदेखि होटल गरे । सुरुवातमा त्यो बेला २० हजार रुपैयाँबाट सुरु गरेको हुँ । अहिलेको जस्तो खासै महङ्गी त थिएन त्यो बेला तर २० हजार कमाउनु भनेको अहिलेको लाख भन्दापनि गाह्रो थियो ।
    सौराहामा कत्तिको पर्यटक आउने गरेका छन् ?
    सौराहा चितवनको प्रमुख पर्यटकिय नगरी भएका हिसाबले समेत यहाँ पर्यटकको संख्या दिनानुदिन बढ्दो छ । यहाँ स्वदेशी तथा बिदेशी पर्यटकहरु आउने गर्दछ्न् । बर्षमा झन्डै २/३ लाख पर्यटकहरु घुम्नका लागि आउने गरेका छन् । अहिले भारतीय पर्यटकहरुपनि बिस्तारै बढ्ने गरेका छन् ।
    सौराहा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको गुनासो खासगरी कस्तो पाउनुभयो ?
    घुम्न आउने पर्यटकहरुले मिश्रित खालको प्रतिक्रिया जनाउनुभएको छ । निकुञ्जका कारण देखापर्ने भइपरी समस्याको समाधान हुन नसक्नु, व्यवस्थित बाटोघाटो निर्माण नहुनु, खोलानाला तालतलैयाको सरसफाइ र संरक्षणको अभाव, २४ सैं घण्टा हवाईसेवा संचालनमा नआउनु र पथप्रदर्शक आदिको समस्या हुने गरेको गुनासो गरेका छन् ।
    राज्यले के गर्नुपर्ला पर्यटन क्षेत्रमा तपाईंको बिचार राखिदिनुन ?
    सर्वप्रथम त, राज्यले सम्भावित पर्यटन क्षेत्रको खोजी गर्नुपर्छ । त्यहाँ भएका प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै पर्यटकले सहजै अबलोकन गर्न मिल्ने बनाउनुपर्छ । पर्यटन क्षेत्रलाई अझै मजबुत बनाउन निकुञ्जको संरक्षण गर्नुपर्दछ । सकेसम्म निकुञ्ज प्रवेशद्वारलाई अझै लामो बनाउनुपर्छ । व्यवसाय गर्न चाहने युवालाई राज्यले सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्छ । त्यसको लागि सरकारले नयाँ पोलिसी निर्माण गर्नु अपरिहार्य छ । अझ भन्नुपर्दा व्यवसायीक नीति अन्तरगत राज्यले कम्तीमा पनि २० देखि २५ बर्षिय योजना बनाउन म जरुर देख्छु । अर्को भनेको हवाईसेवा चौबीसै घण्टा संचालन गर्नुपर्छ ।
    यहाँका जनतालाई प्रत्यक्ष रूपमा पर्यटन क्षेत्रका कारण कस्तो फाइदा छ ?
    अत्यन्त ठूलो फाइदा छ । घुम्न तथा अबलोकन गर्न पर्यटकका कारण यहाँका मानिसहरुको आम्दानीको स्रोत राम्रो देखिन्छ । ससाना होटल रेस्टुरेन्ट संचालन गरेरपनि राम्रो आम्दानी गर्न सकेका छन् । बढ्दो जनशक्ति यतिबेला बिदेश पलायन हुँदै गर्दा यहाँ प्रकृतिले नै दिएको प्राकृतिक शुन्दरताभित्र रमेर व्यवसाय गर्दा छुट्टै आनन्द छ । पराईको देशमा गएर दुख गर्न नपर्नुपनि ठूलो उपलब्धि हो । अर्कोतिर खेतीयोग्य जमिनको समेत महत्त्व बढेको छ । उत्पादन भएको अन्न तथा तरकारी अन्यत्र लगेर बेच्नुपर्दैन । सो सामाग्री यही नै प्रयोग हुन्छ । त्यो बाट आएको आम्दानीपनि यहाँका नागरिकका लागि राम्रो उपलब्धि हो ।
    यहाँले अहिले कति जनालाई रोजगारी दिनुभएको छ ?
    मैले हाल २० जना युवाहरुलाई रोजगारी दिएको छु ।
    यहाँको होटलमा वार्षिक कतिजती पर्यटक आउने गरेका छन् ?
    मेरोमा झन्डै पाँच सयदेखि हजारसम्म पर्यटकहरु आउने गरेका छन् ।
    केके खानेकुराहरु पाइन्छ ?
    आफ्नै देशको नेपाली तथा लोकल खाना, अमेरिकन तथा ईन्डियन खाना, युरोपेली तथा युरोपियन मुलुकका विभिन्न खानाका परिकारहरु हामीकहाँ पाइन्छ ।
    यहाँ घुम्न आउने पर्यटकले कुनकुन जनावर देख्न सक्छन् ?
    यहाँ आउने पर्यटकले एक सिङ्गे गैंडा, पाटे बाघ, गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी, माछ र स्तनधारी प्राणीहरु सहजै देख्न सक्छन् ।
    यहाँले हालसम्म कुनकुन देशको भ्रमण गर्नुभएको छ ?
    मैले हालसम्म अमेरिका, थाइल्यान्ड, फिलिपिन्स, हङकङ, बर्मा, चाइना, जर्मनी, बेल्जियम, फ्रान्स, भारत, जापान र हल्यान्ड जस्ता मुलुकहरुको भ्रमण गरेको छु ।
    भ्रमण गरेका देशहरुमा बिकासको अवस्था कस्तो पाउनुभयो ?
    मैले अत्यन्त शुन्दर देखे ती देशका बिकासहरु बाटोघाटो, वातावरण सबै स्वच्छ अनि सफा देखे । सबै कामको सिस्टममा बिकास भएको देखें । टूरिजम एरियाको बिकास, फोहोर मैलाको व्यवस्थापन, ढल नालाको व्यवस्थापन, समुन्द्रको पानीलाई पिउन योग्य बनाउन फिल्टरको व्यवस्था, वातावरणलाई असर नपर्नेगरी बिकास भएको पाएँ । आफ्ना नागरिकहरुलाई शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी जस्ता विभिन्न पूर्वाधारको ज्ञारेन्टी गराएको पाएँ । जेष्ठ नागरिकको संरक्षण तथा सम्मान र रोजगारी, युवालाई रोजगारी, काम गर्ने वातावरणको निर्माण र कम्पनी संचालन भएको देखें । जसले गर्दा आज ती देशहरु आर्थिक उन्नयनमा धेरै अगाडि छन् ।
    र स्वदेशमा काम गर्ने वातावरणको निर्माणमा जोडदिन राज्यले कुनकुन क्षेत्रमा युवाहरूलाई जोड दिनुपर्ला ?
    नेपालमा विभिन्न सम्भावनाहरु छन् । यहाँ आफ्नो सीप अनुसारको काम गर्न सकिन्छ । कृषि तथा पशुपालन, पर्यटन आदि क्षेत्रमा समेत प्रचुर सम्भावना छ । त्यो भएका कारणले राज्यले तत्काल यी क्षेत्रमा जोड दिनुपर्छ । शिक्षामा झनै जोड दिन सक्नुपर्छ । विद्यार्थीलाई व्यवहारिक र सैद्धान्तिक शिक्षा प्रदानमा जोडदिन सक्नुपर्छ । पढ्दै कमाउन मिल्नेगरी पठनपाठनको व्यवस्था गराउन कलेजले जोड दिनुपर्छ । उचित शिक्षा अनुसारको रोजगारीको सुनिश्चितता राज्यले नै गर्नुपर्छ । अनिमात्र युवाहरुलाई स्वदेशमा राम्रोसँग टिकाउन सकिन्छ ।
    हाम्रो प्रश्नमा बिचार राखिदिनु भएकोमा  यहाँलाई धेरैधेरै धन्यवाद !
    हस् यहाँलाईपनि धेरैधेरै धन्यवाद अजित जि, मलाई पनि बिचार राख्ने अबसर दिनुभएकोमा यहाँलाई धन्यवाद दिन चाहन्छु ।

    Advertisement

    बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.