• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लुम्बिनी महोत्सवमा १० करोड कारोबार, ३ लाख दर्शकले गरे अवलोकन


  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • भैरहवा/रुपन्देहीको भैरहवामा आयोजित नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा सम्पन्न भएको छ । सुस्ताएको अर्थतन्त्र र बजारलाई चलायमान बनाउने उद्देश्यले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजना मंसिर २० देखि पुस १ गतेसम्म १२ दिनसम्म महोत्सव सञ्चालन भएको थियो । महोत्सवमा क्रेता–विक्रेताबीच प्रत्यक्ष भेटघाट भएको र यसले उद्योगी–व्यवसायी र उपभोक्ताबीचको सामिप्यतालाई अझै प्रगाढ बनाएको आयोजकले जनाएका छन् ।

    Advertisement

    ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिकेको संघले दावी गरेको छ । महोत्सव समापनको अवसरमा बोल्दै संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले मेलामा आन्तरिक र भारतीय गरी करिब ३ लाख दर्शकले अवलोकन गरेको जनाए । महोत्सवमा करिब १० करोड रुपैयाँको कारोबार भएको छ ।

    ‘सबै स्टल धनीहरुले आफ्नो वस्तु तथा सामान विक्री गर्नुभयो । यसबाट सबै स्टलधनीहरु उत्साहित भएको हामीले पाएका छौं’, उनले भने, ‘पक्कै पनि महोत्सवले बजारलाई केही समय चलायमान बनायो । निराश रहेका उद्योगी–व्यवसायीमा उत्साह थपेको छ ।’

    महोत्सवको समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सबै उत्पादनको एकै थलोमा प्रदर्शनी गरिँदा आर्थिक क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले मुलुकको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै ऐन, कानून सुधार र परिमार्जन गरेर भए पनि पर्यटकीय वातावरण बनाउनुपर्नेमा जोड दिए ।

    मन्त्री न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई–चारवटा जहाज उड्दैमा केही नहुने भन्दै कम्तिमा दैनिक ५० विमान उडान–अवतरण गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । ‘हामीले पर्यटनका कुरा गर्छौं, अर्बौं खर्चिएर बनाएको विमानस्थलमा विमान उड्दैनन् । नाकाका पर्यटकलाई सास्ती दिइन्छ’, उनले भने, ‘अब सुधार गरौं । पर्यटकमैत्री वातावरण बनाऔं । सबैले म–म भनेर काम गरे समस्या समाधान हुन्छ ।’

    उनले विश्वका धेरै मुलुकले पर्यटनबाटै समृद्धि हासिल गरेको जनाउँदै नेपालले पनि यसका लागि काम गर्नुपर्ने बेला आएको जनाए । भैरहवामा आयोजित महोत्सवले निजी क्षेत्रमा आशाको संचार पैदा गरेको आफूले पाएको उनले बताए ।

    त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विशिष्टिकृत मेला महोत्सवले आर्थिक गतिविधिलाई बढवा दिने जनाए । उनले राजनीतिक स्थिरता नहुँदा उद्योगी–व्यवसायी, आम नागरिकले समस्या भोगिरहेको जनाउँदै यस्तै अवस्था रहे सरकार पनि कठिन मोडमा पुग्न सक्ने बताए ।

    लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले अहिले निजी क्षेत्र निराश बनिरहेको जनाउँदै पर्यटनका माध्यबाट यसलाई माथि उकास्नुपर्नेमा जोड दिए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, संघका पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीकी अध्यक्ष मन्जु भुसाल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले स्वदेशी उत्पादनको प्रबद्र्धन र विकासका लागि महोत्सव कोशेढुंगा सावित भएको जनाए ।

    संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले नाफा कमाउने नभई सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको जनाए । ‘यो महोत्सवले सबै क्षेत्रमा आशाको सञ्चार पैदा गरेको छ । यहाँ आएका सबै उद्योगी–व्यवसायी खुशी हुनुहुन्छ’, उनले भने, ‘सरकारी तहबाट पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने र समस्यामा साथ दिने हो भने अहिलेको सुस्ताएको आर्थिक अवस्थालाई माथि उठाउन सकिन्छ ।’

    संघका महासचिव कृष्ण प्रसाद घिमिरेले महोत्सवमा मुलुकका ४० जिल्लाका उत्पादन प्रदर्शनी गरिएको बताए । ‘महोत्सवमा निःशुल्क माटो परीक्षण समेत भयो । महिलाहरुलाई स्वरोजगार बनाउन मेहन्दी लगाउने तालिम, भैरहवा आइडल र भ्वाइस अफ भैरहवा, नवउद्यमशीलता तालिम गरियो’, उनले भने, ‘महोत्सवले कृषि, पर्यटन, अटोमोबाइल्स, घरेलु उत्पादनको विशेष प्रवद्र्धन गरेको छ ।’

    समापनको अवसरमा र्याली, स्टल, भैरहवा आइडल, भ्वाइस अफ भैरहवा, मेहन्दी प्रतियोगिता, विद्यालयस्तरीय नृत्यमा उत्कृष्ट भएकालाई नगदसहित पुरस्कृत गरिएको थियो । महोत्सवमा स्थानीय खाना र उत्पादनलाई विशेष प्राथमिकता दिएर प्रदर्शनी गरिएको थियो ।

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.