चितवन/रत्ननगर नगरपालिका र भरतपुर -१०, दुरसंचार रोडमा अवस्थित भरोसा हस्पिटल चितवन प्रा.लि. बीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । रत्ननगर नगरपालिकाद्वारा सिफारिस गरिएकाहरुका लागि जनरल बेड र नियमित ल्याब टेस्ट (स्पेसल टेस्ट बाहेक) मा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यसैगरी आइसीयुको वेडमा, एक्सरेमा र शल्यक्रियामा ३० प्रतिशत छुटको व्यवस्था र औषधिमा ७ प्रतिशत छुटको सम्झौता भएको अस्पताल प्रबन्धक बिष्णुभट्टले जानकारी दिनुभयो ।
Advertisement




