मैयादेबी श्रेष्ठको स्मृतिमा भरतपुर ११ मा प्रवेशद्वार निर्माण गर्न लागिएको छ । गोर्खाली टोल विकास संस्था र मैयादेबी ट्रस्ट नेपालको तर्फबाट प्रवेशद्वार निर्माण गर्न लागिएको हो । सामाजिक क्षेत्रमा बिशिष्ट योगदान दिनुभएकी स्व। मैयादेबीको सम्झनामा डिजिटल आकर्षक प्रवेशद्वार निर्माण गर्न लागिएको मैयादेबी ट्रस्ट नेपालका महासचिव टंकनाथ पौडेलले जानकारी दिनुभयो । उहाँ समाजसेवी एवं देवघाट क्षेत्र बिकास समितिका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
बन्न लागेको प्रवेशद्वारमा मैयादेबी मार्ग गोर्खाली टोल बिकास संस्था हार्दिक स्वागत गर्दछ भनी लेखिनेछ । भने दुबैतिर देखिन सक्ने खालको डिजिटल घडी समेत राखिने महासचिव पौडेलको भनाइ छ । सो गेट दुई महिनाभित्रमा सम्पन्न गराइसक्ने समितिले प्रतिबद्धता जाहेर गरेको छ । आज एक कार्यक्रमकाबीच गेटको शिलान्यास गरिएको हो ।
गोर्खाली टोल बिकास समितिका अध्यक्ष धना मगरको आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममामा दुबै संस्था तर्फका समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष मगरले समयसिमा भित्र गेटको काम गराई छाड्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो । यसैगरी उहाँले टोलको बिकासमा जोड दिएर आबश्यक बजेट निर्माणका लागि पहल गर्ने जनाउनुभयो । यसैगरी मैयादेबी ट्रस्टका महासचिव टंकनाथ पौडेलले समाजको योगदानमा स्व। मैयादेबी श्रेष्ठले खेलेको योगदानको स्मरण गर्नुभयो । बि।स। १०१७ सालदेखि आफ्नो जीवनकालमा सोही क्षेत्रको लागि उहाँले पुराएको योगदानको चर्चा गर्दै पौडेलले अन्य सामाजिक संरचनामा समेत जोड दिनुपर्ने धारणा राख्नुभयो ।




