चितवन/धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चले संघिय सासंद तथा पूर्व मन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सचिव माननीय छविलाल विश्वकर्मालाई चितवनमा स्वागत तथा सम्मान गरेको छ । पूर्व मन्त्री विश्वकर्मालाई मञ्चको कार्यालय बेलटाँडीमा भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । मञ्चका उपाध्यक्ष उत्सव खाती वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मञ्चका संरक्षक समितिका संयोजक दलप्रसाद विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा पूर्व मन्त्री विश्वकर्माले धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको यो माया तथा सद्भाव कहिले नभुल्ने बताउनुभएको छ । त्यस्तै मञ्चलाई आफूले हरतबरबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष एवम् संरक्षक समितिका सदस्य भीमप्रसाद वि.कले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण मञ्चका संस्थापक महासचिव एवम् संरक्षक समितिका सदस्य अमिर रामदामले गरेका थिए ।
Advertisement




