चितवन/भरतपुर ४ को ग्लोरियस् एकेडेमी चितवनको आयोजनामा मंसिर २१ र २२ गते इन्टर स्कूल बास्केटबल प्रतियोगीता हुने भएको छ। प्रतियोगिता ग्लोरियस् एकेडेमी चितवनको कार्यालयमा बिहान ९:३० बाट सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्लस टु का म्यानेजमेन्ट , कम्प्युटर साइन्स, होटल म्यानजमेन्ट संकायका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्। सो प्रतियोगितामा प्रथम हुनेले रु ८ हजार पाँच सय , दित्तिय हुनेले रु पाँच हजार पाँच सय र तृतीय हुनेले ३ हजार पाँच सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
Advertisement




