डीसेम्बर १ मा आह्वान गरिएको छात्रवृत्तिका लागि माघ २ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन दिनका लागि थारू समुदायकै विद्यार्थी हुनुपर्ने छ। त्यस्तै नेपालको मान्यता प्राप्त संस्थामा विद्यार्थीको रूपमा भर्ना भएको हुनुपर्ने र शैक्षिक स्थिति पनि राम्रो हुनुपर्नेछ। त्यस्तै सरकारी र गैर-सरकारी संस्थाहरूबाट कुनै प्रकारको आर्थिक सहयोग नलिएको हुनुपर्ने टीएफएले जनाएको छ।

Advertisement

आवेदन दिनका लागि अघिल्लो शैक्षिक स्तरको मार्कसिट र ट्रान्सक्रिप्ट, भर्ना भएको कलेजको विद्यार्थीको परिचय पत्र, आर्थक अवस्था खुल्ने वडाको सिफारिस पत्र, शिक्षक वा सामाजिक अभियन्ताको सिफारिस पत्र र व्यक्तिगत अभिव्यक्ति माग गरिएको छ। त्यस्तै असक्त, अनाथ र कमैयाका लागि प्रमाण खुल्ने पत्र आवश्यक हुने टीएफएले जनाएको छ।

टीएफएले हरेक वर्ष मेधावी थारु विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस वर्षको छात्रवृत्ति त्यसकै निरन्तरता भएको टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले बताए। उनका अनुसार टीएफएको वेवसाइट tharus.org मा गएर आवेदन दिन सकिनेछ। कुनै जिज्ञासा भएमा tharusandfriends@gmail.com मा इमेल गर्न सकिने अध्यक्ष चौधरीले थारुवानलाई बताए।