माडी/लायन्स क्लव अफ नारायणगढ चित्रवन र लायन्स क्लव अफ नारायणगढ लालीगुराँसको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मनमोहन बालग्राम माडीमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भयो ।
लायन्स क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष लायन दिपक प्रधान र लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी अध्यक्ष अम्बिका श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रम माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि महतोले दुबै लायन्सले गरेको यस कार्यको प्रशंसा गर्नुभयो । लायन्स क्लवले वास्तविक आवश्यक महशुस भएको स्थानमा पुगी जुन सामाग्रीहरु वितरण गरेको छ, त्यसले पक्कैपनि केही हदसम्म राहत मिल्ने बताउनुभयो । माडी क्षेत्रमा आई सहयोग पु¥याएको भन्दै दुबै लायन्स क्लवहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रम वितरण गरिएको सामाग्रीहरुको लागि अमेरिका बस्ने समिक्षा श्रेष्ठ र सिद्धान्त श्रेष्ठबाट रु १०,००० र लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी सचिव जया पौडेलबाट रु ५,००० सहयोग प्रदान भएको थियो ।
कार्यक्रममा पिएमजेएफ लायन दिननाथ न्यौपाने विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा लायनहरु हिरा श्रेष्ठ, सरस्वती श्रेष्ठ, श्याम कृष्ण श्रेष्ठ, डा.रविन बस्ताकोटी, खुम प्रसाद पौडेल, शर्मिला सेढाईं, पूर्व अध्यक्षहरु लायन हरिकुमार राजभण्डारी, हेमा पौडेल, आश्रमका संस्थापक टिकाराम आचार्य, माडी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष दिपेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।





