भरतपुर/अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्थाको आयोजनामा भरतपुरमा विशेष एक्सचेन्ज क्याम सुरु भएको छ । अग्नि आस्थाले सेकेन्ड ह्याण्ड गाडी खरिद र बिक्रीको सेवा प्रदान गर्दछ । यही २०८१ मंसिर १६ देखि १८ गते सम्म आफ्नो भरतपुर, चितवन शाखामा विशेष एक्सचेञ्ज क्याम्प सञ्चालन गर्न लागेको छ । यस एक्सचेञ्ज क्याम्पमा ग्राहकहरूले आफ्नो पुराना गाडीहरूको उत्कृष्ट मुल्यांकन गरी नयाँ महिन्द्रा ट्विन पिक गाडीहरूमा अपग्रेड गर्न सक्नेछन् । साथै, अग्नि आस्थाले सेकेन्ड ह्याण्ड महिन्द्रा गाडीको खरिद र बिक्री गर्दा सजिलो फाईनान्सिङ्ग, तत्काल भुक्तानी, थप वारेन्टी, बिना झन्झट नामसारी, गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्दै आएको छ । अग्नि आस्थाले गाडी किन्ने र बेच्ने प्रक्रियालाई सजिलो र भरपर्दो बनाउँदै आएको छ ।
Advertisement




