अमेरिकाको USA-Nepal Community Outreach Network (UNCON) नामक संस्थाले माडी क्षेत्रका पाँचजना विशिष्ट व्यक्तित्वलाई सामाजिक र शैक्षिक क्षेत्रमा पु¥याएको उत्कृष्ट योगदानका लागि सम्मान गरेको छ। भरतपुर महानगरपालिका वडा नं. १२, नौरंगेमा आयोजित विशेष कार्यक्रममा, संस्थाले नेपालमा सामाजिक सेवाका परियोजनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ती व्यक्तित्वहरूलाई सम्मान गरेको हो।
समारोहमा माडी क्षेत्रमा रक्तदान र योग अभियानमार्फत समाजसेवामा सक्रिय भागिरथ बस्याल, पत्रकारिता र आमसञ्चार क्षेत्रमा योगदान पु¥याएका देव नारायण शाह, र योग तथा मेलमिलापको क्षेत्रमा विशिष्ट योगदान दिने फिरल महतो सम्मानित भए।
त्यस्तै, शिक्षा क्षेत्रमा योगदान पु¥याउने माडीका जनजीवन माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद भण्डारी र खैरहनी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुवास तिवारीलाई पनि विशेष सम्मान प्रदान गरियो। UNCON ले आगामी दिनमा पनि यस्ता सामाजिक योगदानलाई प्रोत्साहित गर्न निरन्तर सक्रिय रहने बताएको छ।




