विराटनगर/नेकपा एकीकृत समाजवादी काेशी प्रदेह कमिटी सदस्य रविन नगरकाेटी सहित एक दर्जनवढी नेता कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका छन् । नेकपा एमाले माेरङ पार्टी कार्यालयमा उहाँहरूलाई एमालेमा स्वागत गरिएको थियाे । तत्कालीन पूर्वाञ्चल खेलकुद विकास समिति अध्यक्ष समेत रहनु भएका नगरकाेटी सहित खेलक्षेत्रका १५ जना एमालेमा प्रवेश गरेकाे एमाले केन्द्रीय सदस्य तथा माेरङ इन्चार्ज जीवन घिमिरेले जानकारी दिनुभयाे । उहाँका अनुशार नगरकाेटी सहित राष्ट्रिय- अन्तर्राष्ट्रिय स्तरका खेलाडी छन् । नवप्रवेशीहरूलाई पार्टीले चाँडै जिम्मेवारी दिईने घिमिरेले जानकारी दिनुभयाे ।
Advertisement




