• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

सम्मान तथा बिदाइको स्मरण : एक युगको अन्त्य


  •   शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
  • –बबिलाल तामाङ

    २०७७ साउन २३ गते दिउँसो ठीक २ बजेर २० मिनेट जाँदा म चितवन पोष्ट दैनिकबाट सम्मानित भएको क्षण हो । सम्भवतः मेरो जीवनमा यो सम्मान अहिलेसम्मकै खास महत्व राख्दछ । महत्व यस मानेमा कि यो सम्मान मेरो १८ वर्षको अथक प्रयासमा प्राप्त फल हो । संस्थालाई दिएको योगदानको कदर हो । पैसा जो कोहीले पनि कमाउँछ तर मानसम्मान बिरलै मान्छेको भाग्यमा हुन्छ । आज मलाई यसरी संस्थाले सम्मान गरिरहँदा म आफूलाई निकै गौरवान्वित महसुस गरेको छु । यस सम्मानले मलाई थप अझ केही गर्न प्रेरणा मिलेको छ ।
    साथै, सम्पूर्ण सहकर्मी एवम् कर्मचारी साथीहरुले मप्रति देखाउनु भएको माया ममता, स्नेह र अपनत्व त्यत्तिकै आत्मियताको आभाष हुन्छ । साथीहरुले प्रदान गर्नु भएको ‘मायाको चिनो’ले मलाई सदैव सम्झनाको दियो सरह हुने मैले ठानेको छु ।

    Advertisement

    २०७६ साल चैतबाट मैले यस संस्थाबाट अवकाश पाएको हुँ । संस्था र साथीहरुको चाहना सम्मान तथा बिदाइ चैतकै पहिलो सातामा गर्नुपर्छ भन्ने थियो तर विविध कारणवश समय लम्बिन पुग्यो । उहाँहरुको चाहना मेरै कारणले कुण्ठित भएको हो यसमा सबै साथीहरुसँग क्षमा चाहन्छु । तर, पनि ‘ढिलो आयो कडा आयो’ भनेझैँ कार्यक्रम छोटो समयमा उल्लासमयपूर्ण ढंगबाट सम्पन्न भयो । साथीहरुको उल्लेख्य सहभागिता र मलाई सम्मान तथा बिदाइ गर्न उत्साहित माहोल देखेर म ज्यादै खुसी भएको थिएँ त्यसबेला ।
    सो अवसरमा मलाई सधैँ इज्जत र सम्मान गर्ने सुमित्रा कँडेलजी आउन सक्नु भएन । कारण उहाँ रुघाखोकीले ग्रस्त हुनुहुँदो रहेछ र अफिसले नै उहाँलाई बिदामा बस्न अनुरोध गरेको रहेछ । उहाँको शनिबार बिदा हुने भएकोले शुक्रबार नै कार्यक्रम सेट भएको थियो । करिब ५ दिनअघि कार्यक्रम गर्ने निर्णय भएको थियो तर दुर्भाग्यवश उहाँ बिरामीका कारण छुट्नु भयो । अर्का दुई जना सहसम्पादकद्वय रामबाबु सुवेदी र संगीत आयाम पनि उपस्थित हुनु भएन । उहाँहरु पनि काम विशेषले आउन सक्नु भएन । मनमा नरमाइलो त लागिरहेको थियो तर माहोल नै यस्तो भयो कि मैले सबै बिर्सिएँ । साह्रै रंगीन भएको थियो वातावरण । तर पनि कारणवश उपस्थित नहुनु हुने साथीहरुमा मेरो कसैसँग गुनासो छैन ।
    कार्यक्रमको निर्धारित समय ठीक २ बजे भए पनि २ः१५ मा सुरू भएको थियो । कार्यक्रम सञ्चालक मित्र तुलमान गुरुङजी निकै उत्साहित भएर कार्यक्रम अघि बढाउँदै हुनुहुन्थ्यो । हँसिलो मुद्रामा उहाँले सबैलाई समेट्दै जानु भएको थियो । उहाँले बढो मिठो शैलीमा मेरो प्रशंसा अनि संस्थाको योगदानलगायत कार्यकुशलताको बारेमा सबै साथीहरुमाझ ब्रिफिङ गर्नुभयो । बबिलालजीले संस्था छोडेर गए पनि हामीलाई छोडेर जानु भएको हैन । हामी सदैवसँगै हुनेछौँ । किनकि उहाँको पत्रकारिता फिल्ड यथावत नै छ भन्दै मलाई नजिकै राख्न चाहनुहुन्थ्यो । म त भन्छु यो उहाँको अपनत्व हो । निकै प्रशंसनीय र योग्य ढंगले कार्यक्रम सञ्चालन गर्नु भएका मित्र तुलमानजीलाई धन्यवाद भन्न चाहन्छु ।
    सम्मान तथा बिदाइ कार्यक्रममा कर्मचारीका तर्फबाट संस्थाका प्रमुख संवाददाता दिपेन्द्र अधिकारीजीले विगत १४ वर्षदेखि बबिजीलाई चिनेको र साथीहरुमा सबैका अग्रज भन्दै हुनुहुन्थ्यो तर मभन्दा अग्रज अरु एकजना पनि थिए । सहकर्मीमध्येका अग्रज, जिम्मेवार, पारिवारिक रुपमा पनि निकै कुशल ढंग प्रस्तुत हुँदै आउनुभएका बबिलालजी यस संस्थाका समावेशिताको पहिचान पनि हो भन्दै थिए साथीहरुलाई दिपेन्द्रजी । तर पनि त्यहाँ उपस्थित साथीहरुमा म नै अग्रज थिएँ किनकि १८ वर्ष जो काम गरेको थिएँ । मेरो सम्मान र बिदाइमा बोल्दै भविष्यमा पनि अझ बढी प्रगतिको कामना गर्नु भएकोमा दिपेन्द्रजीलाई धन्यवाद भन्न चाहन्छु ।
    कार्यक्रममा दोसल्ला ओढाई सम्मान गर्ने कार्य संस्थाका प्रबन्ध निर्देशक गोविन्द अर्यालजीले गर्नुभएको थियो भने ‘मायाको चिनो’ सबै साथीहरुबाट संयुक्तरुपमा ग्रहण गरेँ । मायाको चिनोको लागि फेरि पनि सबै साथीहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहेँ । रह्यो सम्मान पत्रको लागि नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार सूर्यप्रकाश कँडेल तथा संस्थाका प्रबन्ध निर्देशक अर्याललगायतले संयुक्तरुपमा मलाई प्रदान गर्नुभएको थियो । यसरी मैले सम्मान ग्रहण गर्दैगर्दा एक किसिमको नौलो महसुस भएको थियो । कारण सबै साथीभाइ मात्र थिएँ । सूर्यप्रकाशजी मेरो सहपाठी साथी पनि हुनुहुन्छ । एकछिन त केटाकेटी भाँडाकुटी खेलेको जस्तो फिलिङ पनि भएको थियो । तर, संस्थाको पदीय हिसाबले गर्नुपर्ने काम कर्तव्यअनुसार जानु त पर्यो । यसरी साथीभाइबाट ठूलो सम्मान ग्रहण गरियो । यस्ता किसिमका सम्मान तथा बिदाइ सायदै कसैको होला दुनियाँमा ।
    यसरी सम्मान तथा बिदाइले संस्थाका स्वर्गीय संस्थापकहरुलाई पनि सम्झनै चाहेँ । यस संस्थाका संस्थापक सम्पादक स्व. धर्मराज अर्याल तथा प्रबन्ध निर्देशक स्व. जीवराज अर्याल जो यस संस्थाका भाग्यविधाता हुन् । उहाँहरुलाई दुवैलाई स्मरण गर्न चाहेँ । उहाँहरु आज हामीहरुमाझ नरहे पनि उहाँहरुले देखाउनु भएको बाटो पछ्याइरहेका छौँ ।
    उहाँहरुको अवसानसँगै आज एक युगको अन्त्य भएको छ र दोस्रो युगमा संस्था प्रवेश गरेको मैले ठानेको छु । समय परिस्थितिसँगै एक पुस्ताको अन्त्य भएको र दोस्रो पुस्तामा हस्तान्तरण भएको छ । अबको संस्था चलाउने जिम्मेवारी दोस्रो पुस्ताको काँधमा आएको छ अर्थात् उत्तराधिकारीमा आएको छ । हाल चितवन पोष्ट दैनिकमा सम्पादक प्रकाश अर्यालजी (सुपुत्रः धर्मराज अर्याल) हुनुहुन्छ ।
    र अन्तमा सम्मान तथा बिदाइमा सहभागी हुनुहुने नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार मित्र सूर्यप्रकाश कँडेलजी, संस्थाका प्रबन्ध निर्देशक गोविन्द अर्यालजी, सहसम्पादक केशव भट्टराईजी, प्रमुख सम्वाददाता दिपेन्द्र अधिकारीजी, सम्वाददाताहरु होमनाथ सापकोटाजी, तुलमान गुरुङजी, रामशरण गैरेजी, कुल काफ्लेजी, दिलीप केसीजी, संस्थाका कर्मचारी साथीहरु ध्रुव मैनालीजी, सर्मिला खनालजी, राजेन्द्र महतजी, अमृत श्रेष्ठजी, न्यूजप्रवाह डकटमका निर्देशक विक्रम गुरुङजी, भाइ चन्द्रप्रकाश उपाध्यायजी तथा कारणवश उपस्थित हुन नसक्नु भएका सहसम्पादकद्वय रामबाबु सुवेदीजी, संगीत आयामजी तथा कर्मचारी सुमित्रा कँडेलजीलगायत सबैसबैमा विशेष धन्यवाद दिन चाहन्छु ।

    शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.