चितवन । लोकगायक उपेन्द्र देवकोटा “गोर्खाली” को गएराति निधन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका देवकोटाको पुर्खौली घर पालुङ्गटार नगरपालिका वडा नम्बर २ सिम्पानी भई हाल भरतपुर महानगरपालिका वडा नं. ७ मा पर्दछ ।
४७ बर्षका उपेन्द्र देवकोटा “गोर्खाली” रास्वपा भरतपुर वडा नम्बर ७ को कार्यबाहक सभापतिका रुपमा कृयाशिल हुनुहुन्थ्यो । खाना खाएर सुतेकै अवस्थामा देवकोटाको निधन भएकोे पारिवारिक स्रोतले जनाएको छ ।
देवकोटाको शव पोष्टमार्टमका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ । देवकोटाका श्रीमती र २ जना छोरीहरु हुनुहुन्छ । लोकगायक देवकोटा पूर्व सञ्चारकर्मी समेत हुनुहुन्थ्यो । सरल स्वभावका देवकोटाको निधनले अपुरणीय क्षति पुगेको उहाँका सगैका साथिहरु र राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति कृष्ण भूसालले देवकोटाको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभयो ।
गायक उपेन्द्र देवकोटा “गोर्खाली” को निधन
गायक उपेन्द्र देवकोटा “गोर्खाली” को निधन
Advertisement
तपाईको प्रतिक्रिया




