• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पुख्र्याैली परम्परालाई पर छाडेर उद्योगतर्फ युवाहरु

"चितवनका युवा उद्यमी भन्छन् – जागिर खाँदा मेरो लागि मात्रै हुन्थ्यो, अहिले धेरैका लागि रोजगारी भएको छ  "

  •   बिहिबार, साउन २९, २०७७ मा प्रकाशित
  • चितवन/परम्परागत कृषि, रोजगारी गर्ने पूर्खाहरुको पेशालाई छोडेर उद्योगतर्फ होमिएका युवाहरु आफ्नो मेहनतका कारण सफल भएका छन् । परम्परागत पेशा व्यवसाय छोडेर रोजगारीतर्फ नलागी आफैँ रोजगार सिर्जना गर्न लागेका उनीहरु अहिले सफल व्यवसायीका रुपमा पहिचान बनाउन पनि सफल भएका छन् ।

    नेपालका प्रायः नागरिकमा पूर्खाहरुले गर्दै आएको पेशा व्यवसायलाई निरन्तरता दिने प्रचलन रहेको देखिन्छ । नेपाली समाजमा रोजगारीको अवस्था हेर्दा शिक्षक तथा कर्मचारीका छोराछोरी आफ्नै आमाबुबाकै पेशामा लाग्नेहरु धेरै भेटिन्छन् । तर पुख्र्याैली परम्परालाई पर छाडेर उद्योगतर्फ लाग्ने युवाहरु भने थोरै मात्र भेटिन्छन् । ती थोरै मध्येका चितवनका केही केही युवा छन् जो अहिले सफल व्यवसायीका रुपमा आफूलाई स्थापित गरेर समाजमा प्रेरणका स्रोतसमेत बन्न सफल छन् ।

    Advertisement

    भरतपुर महानगरपालिका वडा नं १० निवासी दिनुप बराल जिल्ला शिक्षा अधिकारीका छोरा हुनुहुन्छ । उहाँको बुबा लामो समय विद्यालयको प्रधानाध्यापक हुनुभयो । तर दिनुप भने आफ्नो शुरुवाती जीवन नै उद्योगतर्फ लगाउनुभयो । निर्माण व्यवसायबाट उद्यमी बन्नुभएका बरालको भरतपुर महानगरपालिका वडा नं ४ मा इको पोलिमर उद्योग छ । जुन उद्योगले पानी ट्याङ्की, पिपिआर पाइप, पाइप फिटिङ, प्लाष्टिकका भाडा उत्पादन गर्दछ । यस उद्योगमा रु ५० करोडभन्दा बढी लगानी भएको बराल बताउनुहुन्छ ।

    उहाँको उद्योगमा ९० जनाभन्दा बढीले रोजगारी पाएका छन् । नौ वर्षअघिबाट युवा उद्यमी बरालको यो उद्योग सफलरुपमा चलिरहेको छ । उहाँले भन्नुभयो, “मेरो त सानैदेखि उद्योग गर्नुपर्छ भन्ने ध्यान थियो ।” बुबाले पनि उद्यमी बन्न आफूलाई प्रेरणा दिएको बराल बताउनुहुन्छ । रोजगारीबाट आफूलाई मात्रै हुने तर उद्योगले अरुलाई पनि रोजगारी दिनसक्ने भएकाले आफ्नो ध्यान उद्योगतर्फ गएको उहाँको भनाइ छ ।

    भरतपुर महानगरपालिका वडा नं ३ बेलचोकका युवा उद्यमी लक्ष्मण अर्याल पनि नेपालका एक सुपरिचित उद्यमी हुनुहुन्छ । उहाँ जस्मिन पेन्टस्, जगदम्बा प्लाष्टिक, सन केमिकल, एभोकार्डाे इन्टरनेशनल, टाटा मेटल एण्ड क्राफ्ट, निसिका फाउण्डेशन लगायतका संस्थासँग आबद्ध हुनुहुन्छ । पुख्र्यौली व्यापारतर्फ नलागी अर्याल उद्योग क्षेत्रमा लाग्नुभयो ।

    एभोकार्डाे व्यापार र फाउण्डेशन सामाजिक संस्था हुन् भने अन्य उद्योग हुन् । उहाँको दरबार फुड्स ‘नामक’ उद्योग पनि सञ्चालनको तयारीमा छ । जस्मिन एकल कम्पनी हो भने अन्य साझेदारी कम्पनी हुन् । अर्यालका अनुसार यी सबै कम्पनीमा रु पाँच अर्बभन्दा बढी लगानी भइसकेको छ । आफ्नो २५ वर्षको उद्यमी जीवनलाई सफल मान्नुहुने उहाँले सानैबाट उद्योगमा आकर्षण भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफू मात्रै नभएर देशका लागि केही दिन उद्योग नै गर्नुपर्छ भनेर यसतर्फ लागेको हुँ ।” देशलाई आत्मनिर्भर बनाउन उद्योगको विकास गर्नुपर्ने अर्यालको जोड छ । आफूले आम्दानी गरेको केही हिस्सा फाउण्डेशनमार्फत् सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको उहाँले बताउनुभयो ।

    तेह्र वर्षको रोजगारीपछि उद्योगमा आउनुभएका शंकरप्रसाद कँडेल चितवनको कुखुरापालन (पोल्ट्री) क्षेत्रको एउटा चिनिएको नाम हो । आफ्ना पाका पुर्खा परम्परागत कृषि खेती भए पनि युवा उमेरदेखि नै कँडेल उद्योगतर्फ आकर्षित हुनुभयो । उहाँको जीवनको १३ वर्षको जागिरे अनुभव अहिलेको आफ्नो उद्योगका लागि सहयोगी भएको महसुस उहाँको छ । अनमोल फिड्स प्रालि (कुखुराको दाना उद्योग) सँगै ह्याचरी पनि सञ्चालनमा छन् । सामूहिक व्यापारमा लाग्नुभएका कँडेलको समूहले रु एक अर्बभन्दा बढी उद्योगमा लगानी गरेको छ ।

    कँडेलले भन्नुभयो “जागिर खाँदा मेरो लागि मात्रै हुन्थ्यो, अहिले धेरैका लागि रोजगारी भएको छ ।” देशैभर दाना पु¥याउँदै आएको अनमोलले धेरै किसानलाई स्वरोजगार बनाएको कँडेल बताउनुहुन्छ । तपाई कसरी उद्योगमा आउनु भयो ? भन्ने प्रश्नमा उहाँको जवाफ छ, “काम सिक्दै गएपछि साथीभाई मिलेर उद्योग गर्ने सोचको विकास भयो ।”

    उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल तीन वटा उद्योगका मालिक हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नं १५ निवासी पौडेलका लाइभ केयर फर्मास्युटिकल्स, फाइटोकेयर इन्टरनेशनल, रोज प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योग रहेका छन् । यसैगरी प्रिकेयर ‘इन्टरनेशनल’ नामक व्यापार कम्पनी पनि छ उहाँको । यी कम्पनीहरुमा रु ४० करोडभन्दा बढी लगानी भएको उहाँले जानकारी दिनुभयो ।

    यी उद्योगहरुमा उहाँले नै नेतृत्व गर्नुहुन्छ र केही साझेदारहरु पनि रहेका छन् । पन्ध्र वर्षअघिदेखि उहाँका यी उद्योग सफलरुपमा चलिरहेका छन् । बुबा शिक्षक भएकाले पढाइमा उहाँको ध्यान गयो । तर पढाई् पूरा गरेसँगै उहाँले रोजगारी त गर्नुभयो त्यसबाट अनुभव सँगालेर उद्योगतर्फ लाग्नुभयो । पौडेलले भन्नुभयो, “मैले शुरुमा तीन वर्ष छ महिना रोजगारी गरेँ, त्यहीँबाट सिकेको सीपले उद्योग खोल्न सहज भयो ।”

    उद्योग खोल्नुअघि ‘लाइभ केयर’ नामक कम्पनीसँगै मल्टिनेशनल कम्पनीमा पनि छोटो समय उहाँले रोजगारी गर्नुभयो । तत्कालीन त्रिभुवन विश्वविद्यालयको रामपुर क्याम्पसबाट कृषिमा स्नातक गर्नुभएका पौडेलले पछि अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभयो । यो पढाइले उहाँलाई रोजगारतर्फ नलगी उद्योगी बनायो । उहाँले भन्नुभयो, “पढाइ सकेर घरमै कृषि कर्ममा लागेको थिएँ, साथीभाइले रोजगारीमा ल्याए, रोजगारीले उद्योगी बनायो ।”

    पछिल्लो समय आधुनिक पोल्ट्री व्यवसायमा लाग्नुभएका रत्ननगरका बिनोद पोखरेलको पुख्र्यौली पेशा ठेक्कापट्टा हो । तर अहिले उहाँले आफ्नो परिचय नेपालको चिनिएको पोल्ट्री व्यवसायी बनाइसक्नुभएको छ । रत्ननगरमा किसान दाना उद्योग र दाउन्ने भेट फर्मा उहाँकै नेतृत्वमा चलेको छ । नवलपरासी (सुस्ता त्रिवेणीपूर्व) को बिनय त्रिवेणी गाउँपालिकामा उहाँको ठूलो कुखुरा फर्म छ । जहाँ दाउन्ने एग्रोफर्म, किसान एग्रो फर्म र एड्भान्स पोल्ट्री फर्म पनि सञ्चालनमा छन् । यस क्षेत्रमा मात्रै रु एक अर्ब ५० करोडभन्दा बढी लगानी भएको पोखरेल बताउनुहुन्छ ।

    पोल्ट्री क्षेत्रका व्यवसायीहरुको साझेदारी रहेको यस कम्पनीको नेतृत्व पोखरेलले गर्दै आउनुभएको छ । विगत २७ वर्षदेखि आफू पोल्ट्री क्षेत्रको उद्योगी हुँदै आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले आफू स्वतन्त्र भएर काम गर्नका लागि जागिर नरोजी उद्योगतर्फ लागेँ ।” यसबाट धेरैलाई रोजगारी दिन पाएकामा खुशी लागेको भन्दै उहाँले निरन्तर मेहनत ग¥यो भने सफल भइन्छ भन्ने आफूले अनुभव गरेको सुनाउनुभयो । नेपालमा अहिले अण्डाको सबैभन्दा ठूलो व्यापारीका रुपमा पोखरेल चिनिनु हुन्छ ।

    कलिलो उमेरमा विदेश गएकाहरु पनि स्वदेश फर्किएर उद्योगमा लाग्नेहरुको सङ्ख्या ठूलो छ । युवा उद्यमी एवं उद्योग वाणिज्य महासंघ वाग्मतीका उपाध्यक्ष राजन गौतम पुरानो पेशालाई निरन्तरता दिनेभन्दा नयाँ उद्यमी बन्नेक्रम बढेको बताउनुहुन्छ । पछिल्लो १० वर्षको अवधिमा युवामा अब नेपालमा सहज वातावरण बन्छ भन्ने लागेर उद्योगतर्फ आकर्षित हुनेको संख्या बढेको उहाँको भनाइ छ ।

    गौतमले भन्नुभयो, “उद्योग गर्ने वातावरण सन्तोषजनक नभए पनि केही त गर्नैपर्छ भन्ने भावनाका साथ लाग्नेहरुको सङ्ख्या पनि ठूलो छ ।” विदेशमा गएर आर्जन गरेको लगानीले नेपालमा उद्योग खोल्ने क्रम पनि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय रेमिट्यान्सलाई उद्योगमा लगाउनुपर्छ भन्ने भावनाको विकास भएको छ ।” बैंकहरुले उद्योगलाई प्राथमिकतामा राखेर ऋण लगानी गर्न थालेपछि थप आकर्षण बढेको गौतमको अनुभव छ ।

    सफल यी युवा उद्यमीहरु युवालाई जागिरमाभन्दा सानै भए पनि उद्योगतर्फ लाग्न आग्रह गर्नुहुन्छ । नेपालमा उद्योगको सम्भावना धेरै रहेको बताउँदै उहाँहरुले विदेश जाने खर्चले त नेपालमै सानोतिनो उद्योग शुरु गर्न सकिने बताउनुहुन्छ । उहाँहरुको भनाइ छ “एकै पटक ठूलो प्रतिफल नखोजी सानोबाट शुरु गर्ने हो भने नेपालमा उद्योग क्षेत्रको भविष्य उज्ज्वल छ ।” नेपालको परनिर्भरता घटाउन पनि राज्यले युवाहरुलाई उद्योगतर्फ आकर्षित गर्नुपर्ने सुझाव उहाँहरुको छ ।

    चितवन उद्योग सङ्घको तथ्याङ्कअनुसार जिल्लामा दुई हजारभन्दा बढी उद्योग रहेका छन् । ती उद्योगमध्ये ७० प्रतिशत पुख्र्यौली नभएर नयाँ युवाले सञ्चालन गरेका हुन् । चितवन जिल्लाको यो तथ्यले पनि उद्योग गर्ने युवा वर्गको जमात बढ्दै गएको देखिन्छ । स्वदेशमै केही गरौँ भन्ने भावनाले यसरी युवाहरुले स्वरोजगार तथा उद्यमशीलतालाई प्राथमिकतामा राखिदिए भने मात्र देशमा समृद्धि सम्भव छ ।

    यसले हातमा सीप र जाँगर भएका युवाहरुलाई पनि स्वदेशमै रोक्न सक्नेछ र देशमा साना तथा घरेलु हुँदै ठूला उद्योगहरुको सम्भावना पनि बढ्दै जानेछ । यसरी समृद्धि उद्यमबाट मात्र सम्भव छ भन्ने तथ्य देशव्यापी बनाउनु आवश्यक छ । अन्तर्राष्ट्रिय युवा दिवसको आजको अवसरले नेपालका युवाहरुलाई यही सन्देश दिन सकोस् । रासस

    बिहिबार, साउन २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.