भरतपुर/राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल भरतपुर महानगरपालिका कमिटीको आयोजनामा कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेका व्यवसायहरुलाई नेपाल सरकारले तोकेको स्वास्थ्य सतर्कता अपनाएर आफू पनि सुरक्षित हुँदै अरुहरुलाई पनि सुरक्षित तबरले सञ्चालन गर्न आव्हान गरेको छ ।
Advertisement
आफ्नो युनियनको सदस्यता नबिकरण गरि संगठीत शक्ति निर्माण गरौं भन्ने अभियानका साथ सदस्यता नबिकरण तथा बितरणका लागि सदस्यको घर दैलो अभियान समेत संचालन गरिएको छ ।
अभियान अन्तर्गत १० जना सदस्यको नवीकरण र १२ जना थप नयाँ सदस्य बनाइएको भरतपुर महानगरपालिका कमिटी सचिव लक्ष्मी अमगाईले बताउनुभयो ।




