दिब्यनगर/नेपाल रेडक्रस सोसाइटी उपशाखा दिब्यनगरको समन्वय र ह्याल्पीङ ह्यान्ड (HELPING HAND )को आर्थिक सहयोगमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । २०८१ असोज ११ र १२ गते नारायणी नदिमा आएको बाढिका कारण पीडित भएका भरतपुर -२६ हिरापुरका ३६ जना प्रभावित राहत वितरण गरिएको छ ।हिरापुर टोल विकास समितिका अध्यक्ष यम बहादुर थापा को सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर -२६ का कार्यवाहक अध्यक्ष प्रकाश सुवेदी प्रमुख अतिथि रहनु भएको थियो ।
ह्याल्पीङ ह्यान्डका केन्द्रिय प्रतिनिधि एम डि रवानी आलम ,भरतपुर २६ का जनप्रतिनिधि सावित्री कोइराला कार्यक्रमका विशिष्ट अतिथि रहनु भएको थियो । रामकृष्ण चौधरी,ह्याल्पीङ ह्यान्ड चितवनका प्रतिनिधि ताराप्रसाद अधिकारी , कृष्ण हरि सापकोटा , समाजसेवी इन्द्रबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेरेसो उपशाखा दिब्यनगरका सभापति जिबाखर ढकालले गर्नु भएको थियो।




