• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

दसैँमा स्वास्थ्य सतर्कता, पिङ र दसैँयात्रादेखी स्वस्थ माछा मासु सम्म


  •   बुधबार, असोज २३, २०८१ मा प्रकाशित
  • गैँडाकोट/गाउँघरमा दसैँको रमझम छ । दसैँको हर्षमय खुसिले सबैको मनमा छुट्टै किसिमको उल्लास छाएको छ ।तर स्वास्थ्य सर्तकता महत्त्वपूर्ण रहेको छ ।

    Advertisement
    मिसावटयुक्त खाद्यवस्तु प्रयोग नगरौँ  

    दसैँ नजिकिँदै गर्दा बजारमा खाद्य सामग्रीको माग उच्च हुन्छ र खपत पनि । चाडपर्वको बेला बजारमा पाइने खाद्यवस्तु तथा पेय पदार्थमा मिसावटयुक्त हुने प्रवल सम्भावना हुन्छ । केही गलत नियत भएका मानिसहरु भने यसैको मेसो छोप्दै कालोबजारी र महङ्गी सँगै मिसावट पनि गर्न सक्छन् । यस्ता मिसावटयुक्त खाद्यवस्तु तथा पेय पदार्थको प्रयोगबाट हुन सक्ने स्वास्थ्य हानीबाट बच्न उपभोक्ता सचेत हुनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

    यस्तो मिसावटले मानिसको स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्ने डा. अशोक कुमार महतो बताउँछन् ।

    दूध, चिनी, मसला, घीउ, चामल, दाल, तेल, आदिमा मिसावट बढी पाइन्छ । दैनिक रुपमा प्रयोग गरिने खाद्यान्न भएकोले यसले स्वास्थ्यमा धेरै समस्याहरु निम्त्याउने हुँदा यसबाट बच्नका लागी डा. अशोक कुमार महतो यसको पहिचान गरेर मात्र प्रयोग गर्न सुझाव दिन्छन् ।

    देख्दा राम्रो र कम मूल्य भएको खानेकुरा भन्दा गुणस्तरयुक्त खानेकुरामा बढी जोड दिन आवश्यक रहेको उनी बताउँछन् । रङ प्रयोग गरिएका खानेकुरा देख्दा राम्रो देखिएपनि स्वास्थ्यका लागि त्यति उपयुक्त हुँदैन । स्वस्थ बन्नका लागी मिसावटका खानाबाट टाढा रहन आवश्यक छ ।

     

    यात्रा गर्दा सर्तकता

    लामो दुरी होस् या छोटो दुरी । यात्रा गर्दा मानिसहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्दछ । अविरल वर्षाका कारण अहिले बाटोहरु बिग्रिएको अवस्था छ । दसैँ नजिकिदै गर्दा पढाईको सिलसिलामा होस् या रोजगारीको सिलसिलामा, घरबाहिर भएका मानिस घर फर्कन्छन् । यात्राको समयमा स्वास्थ्य सतकर्ता अपनाउन चिकित्सकको सुझाव छ ।

    रोग तथा दुर्बलताबाट मात्र मुक्त नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु स्वास्थ्य हुनु हो । यात्रा गर्दा होस् या अन्य केही काम गर्दा मानिसहरु स्वस्थ भएमा सरल र सहज तरिकाले कार्य गर्न सक्दछन् । चाडपर्वका बेला मानिसहरु धेरै यात्रामा निस्कने गर्छन् । यस्तो समयमा आफ्नो स्वास्थ्यको ख्याल राख्नुका साथै आफुले प्रयोग गरिएको औषधीहरु साथमा लिने र आफुलाई चाहिने एलर्जीको औषधी, टाउको दुख्ने, ज्वरोको औषधी साथमा लिनु आवश्यक रहने डा. कल्याण सापकोटा बताउँछन् ।

    बाटोको कारण होस् या अन्य कारण धेरैजसो मानिसहरुमा यात्रा गर्दा बान्ता हुने समस्या धेरै देखापर्दछ । यस्तो बेलामा खानपानमा तथा पानीमा बिशेष ध्यान दिन उनको सुझाव छ । बाँसी वा सडेगलेका खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने कुरामा बढी ध्यान दिनुका साथै बान्ता नहोस् भन्नका लागी औषधीको प्रयोग गर्न सकिने डा. कल्याण सापकोटा बताउँछन् ।

    यात्राको समयमा बान्ता हुँदा होस् या अन्य स्वास्थ्य समस्याका बेला औषधी लिँदा चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै लिनुपर्ने उनी बताउँछन् । यात्राका क्रममा आफ्नो स्वास्थ्यका लागि आवश्यक सामग्री साथमा राख्दा यात्रा सहज हुने डा. कल्याण सापकोटा बताउँछन् ।

    स्वस्थ माछा मासु प्रयोगमा जोड  

    चाडपर्व होस् या अन्य कुनै उत्सव यस्तो बेला माछा मासुको अत्यधिक प्रयोग हुने गरेको छ । मानिसहरुले आफ्नो स्वास्थ्यको ख्याल नगरी रमाइलो गर्ने, बढी मात्रामा चिल्लो तथा अस्वस्थकर खानेकुराहरु खाने गर्दछन् । तर माछा मासु प्रयोग गर्दा सरसफाइमा ध्यान दिनुका साथै स्वच्छ र स्वस्थ माछा मासु पहिचान गरी खानुपर्ने चिकित्सक बताउँछन् ।

    दसैँका बेला अधिकांशको घरमा माछामासुका परिकारहरु पाक्ने गर्दछन् । माछा मासु स्वास्थ्यका लागी राम्रो भए पनि यो स्वच्छ र स्वस्थ हुन जरुरी रहेको डा.अशोक कुमार महतो बताउँछन् ।

    माछा मासु मुटुको स्वास्थ्य सुधार गर्न, कोलेस्ट्र«ोल घटाउन, र मस्तिष्कको कार्यÔमता बढाउन मद्दत गर्ने भएतापनि माछा मासु खाँदा रातो भन्दा सेतो मासु बढी उत्तम हुने डा. अशोक कुमार महतो बताउँछन् । माछा मासु सन्तुलित आहारका लागी अत्यन्त पोषक र महत्वपूर्ण मानिन्छ ।

    सङ्क्रामक रोगबाट सजग

    चारैतिर हिन्दुहरुको महान पर्वका रुपमा लिइने दसैँको रौनक छ । मानिसहरु हर्ष उमङ्गका साथ मनाइरहेका छन् । विशेषगरी दसैँ भनेपछि टाढा भएका आफन्तहरुसँगको भेटघाट, मेलमिलाप, साथीभाइसँगको रमाइलो भन्ने सम्झिन्छ । भारत लगायतका विभिन्न देशबाट आउँदा केही सङ्क्रामक रोग समेत आउेन भएको हुँदा स्वास्थ्य सर्तकता महत्त्वपूर्ण रहेको जनस्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारी बताउँछन् ।

    भारतबाट आउनेहरुमा मलेरिया, डेङ्गु, क्षयरोग, एचआईभी जस्ता आयातित रोग समेत यसअघि फेला परेकोले आफ्नो परिवारमा त्यस्ता रोग नसरोस् भन्नका लागि सवाधानी अपनाउन उनको सुझाब छ । ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले चाडपर्व फेरी फेरी मनाइरहन अहिले परिवारलाई सजग गराई जोगिनुपर्ने बताउँछन् । यदी संकास्पद विरामी भए परीक्षण गरेर परिवारमा घुलमिल हुन सके चाडपर्वहरु सधै खुसी हुने तर्क गर्छन् ।

    धेरै समय पछिको भेटघाटका बेलामा मानिसहरुले आफ्नो स्वास्थ्यको कम ख्याल राखेको पाइन्छ तर समयमै ध्यान दिएमा अस्पताल धाउनुपर्दैन । परिवारका सदस्यहरुलाई समेत जोगाउन सकिन्छ ।

    चिल्लो र मसलायुक्त खानादेखी सावधान 

    यतिबेला हरेकको घरघरमा दसैँको रमझम छ । विदेश गएकाहरु टीका ग्रहण गर्न नेपाल आइसकेका छन् । कतिपय आउने क्रम पनि रहेको छ भने स्वदेशमै रही आफ्नो घरबाट टाढा रहेकाहरु पनि घर आएका छन् । लामो समयपछिको भेटघाट वा चाडपर्व भएका कारण पनि मानिसहरु मिठो खानको लागी बढी चिल्लो र मसलायुक्त खानेकुरा खाने गर्दछन् । तर यस्तो खानाले उनीहरुको स्वास्थ्यमा धेरै समस्याहरु निम्त्याउने डा.नितेश कन्दु बताउँछन् ।

    कम चिल्लो, पिरोले मानवीय स्वास्थ्यमा खासै असर नगरे पनि खाना खाँदा कहिले धेरै खाने, कहिले भोकै हिड्ने, कहिले केही नखाने गर्नाले पनि स्वास्थ्यमा समस्या निम्त्याउने गर्दछ । त्यसैले खाना खाँदा खानाको मात्रा मिलाएर खानुपर्ने डा. नितेश कन्दु बताउँछन् ।

    खाना खाँदा आफ्नो स्वास्थ्यको ख्याल राख्नुका साथै ठिक मात्रामा मिलाएर खान जानेमा विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिने उनी बताउँछन् । स्वादको लागी मिठो भन्दापनि आफ्नो स्वास्थ्य अवस्था हेरी खाना खाएमा भइपरी आइपर्ने रोगबाट बच्न सकिन्छ । त्यसैले समयमै आफ्नो स्वास्थ्यको ख्याल गरेर चिल्लो र मसलायुक्त सवधानी अपनाउन चिकित्सकको सुझाव छ ।

    दसैँमा परिवारजन, आफन्त र साथीभाइहरुसँग रमाइलो गर्ने र विभिन्न परिकारहरुको मज्जा लिइन्छ । चाडपर्वमा धेरै चिल्लो, तारेको, भुटेको, पोलेको, साँधेको मांसाहारी एवं गुलियो खानेकुरा खाने गरिन्छ । यस्ता खानेकुरा बढी खाँदा स्वास्थ्यमा बढी असर गर्ने हुँदा मांसाहारीसँगसँगै अन्य खानेकुरा खाँदा मिलाएर खानुपर्नेमा नारायणी आयुर्वेदिक क्लिनकका डा. नितेश कन्दु बताउँछन् ।

    चाडपर्व उत्साहका साथ मनाइने भएतापनि आफ्नो स्वास्थ्यको ख्याल राख्न आवश्यक छ । तत्कालै फुड पोइजन, बमिट हुने लगायतका समस्या देखिन सक्छन् । यस्ता खानाले कब्जियत, पायल्सको समस्या हुने हँुदा ध्यान दिन डा. अशोककुमार महतोका आग्रह छ ।

    दसैँको अवसरमा खानपानलाई स्वस्थ बनाउन सके, यो चाडपर्वले परिवारसँगको रमाइलो मात्र होइन, दीर्घकालीन स्वास्थ्य लाभ पनि दिन्छ ।

    बालबालिकाहरु उत्साही  

    गाउँघरमा दसैँको रौनक छ । दसैँको हर्षमय खुसिले सबैको मनमा छुट्टै किसिमको उल्लास छाएको छ । विशेषगरी दसैँका बेला बालबालिकाहरुमा नयाँ कपडा लगाउने, मामाघर जाने, मिठो खाने, पिङ खेल्ने जस्ता कुराले अझै खुसी देखिन्छन् । गैँडाकोट ४ स्थित स्मल हार्ट एकेडेमीमा अध्यनरत छात्र रिदम भट्राईले दसैँमा नयाँ कपडा लगाएर टीका लगाउने पिङ खेल्ने कुराले खुसी लागेको सुनाए ।

    दसैँमा ठूला बडाको आशिर्वाद लिएर टिका जमरा लगाएर मनाइन्छ । दसैँमा पाएको दक्षिणालाई अनावश्यक खर्च नगरेर बचत गर्ने र बचत गरेको पैसालाई पढाइमा खर्च गर्ने स्मल हार्ट एकेडेमीकै अध्यनरत छात्र युदिप आलेको योजना छ ।

    दसैँमा नयाँ लुगा लगाएर, मिठा मिठा परिकार खाएर र आफन्तहरुसँग भेटि रमाइलोका साथ मनाइन्छ । तडकभडक नगरिकन दसैँ मनाउने र दसैँमा पिङ खेल्दा सतर्कताका साथ खेल्ने कुरामा स्मल हार्ट एकेडेमीमा अध्यनरत छात्रा बिपिशा खनाल जोड दिन्छिन् ।

    ठूलाबडाको हातबाट टिका जमरा लगाएर आशिर्वाद लिनु नै राम्रो कुरा रहेको स्मल हार्ट एकेडेमीमा अध्यनरत छात्र विमल तिमिल्सेनाको भनाई छ । नेपालीहरुको महान चाड बडा दसैँले बालबालिकामा छुट्टै उत्साह ल्याउँछ । जसलाई असल संस्कार र संस्कृतितर्फ उन्मुख गराउन सबै सजग बन्नुपर्छ ।

    पिङ लोप हुदैँ 

    गाउँघरमा दसैँको रमझम छ । तर गाउँघरमा पिङ विरलै देखिएका छन् । पिङ लोप हुने अवस्थामा पुगेका छन् । दसैँमा भुई छाड्नुपर्छ भन्ने मान्यता छ । जब गाउँघरमा पिङ बनाउने रौनक चल्छ, दसैँ आएको अनुभव हुन्छ । पिङ बनाउने कार्य सुरु भएदेखि बडा दसैँ आएको महशुस हुन्छ । सबैको मनमा हर्ष र उल्लास छाउँछ ।

    दसैँमा पिङ बनाउने चलन हाम्रा पूर्खादेखि चलिआएको परम्परा हो । दसैँमा खेलिने पिङ एउटा संस्कृतिलाई झल्काउने माध्यम पनि हो । दसैँमा भूई छाड्नुपर्छ भन्ने मान्यता पनि छ । त्यहि भएर पनि पिङ हाल्ने चलन छ । तर पछिल्लो समय पिङ देखिन छाडेका छन् । यस्ता साँस्कृतिक रीतिरिवाजहरुलाई जोगाउनका लागि युवाहरुले यसलाई प्राथमिकता दिनुपर्ने गैँडाकोट ५ का रामलाल कँडेलको जोड छ ।

    दसैँमा रमाइलोको लागि पनि पिङ खेल्ने गरिन्छ भने दसैँमा पिङ बनाउनु पूर्खौदेखि चलिआएको परम्परा पनि हो । दसैँमा पिङ खेल्यो भने गति परिन्छ भन्ने मान्यता पनि छ । तर पिङ खेल्दा सतर्कता अपनाउनुपर्ने गैँडाकोट ४ का लक्ष्मी लामिछाने पौडेल बताउँछिन् ।

    पिङले मानिसहरुको मनमा छुट्टै किसिमको हर्ष र उल्लास ल्याउँछ । यो चलन हाम्रो साँस्कृतिक पहिचान हो । गाउँघरमा देखिने लिङ्गे पिङ, रोटे पिङ, चमचा पिङ लगायतका पिङले दसैँ आएको अनुभूति हुन्छ । पिङ खेल्दा लड्न सकिने भएकोले सतर्क हुन आवश्यक रहेको गैँडाकोट ४ का ढुण्डी राज रिमाल बताउँछन् ।

    दसैँ नेपालीहरुको महान चाड हो । यस पर्वलाई तडकभडक नगरीकन मौलिक तरिकाबाट मनाउनुपर्छ । संस्कृति जोगाउन पनि यस्ता पिङहरु गाउँ ठाउँमा राख्न स्थानीय सामुदायिक संघ संस्थाले पहल गर्न जरुरी छ ।

    बुधबार, असोज २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.