भरतपुर/लायन्स क्लब अफ नारायणगढ दियालो , प्रोग्राम पार्टनर डेकार कस्मेटिक प्राली भरतपुर ४ र प्राविधिक साझेदार आर डि एल ल्याब भरतपुर १० सँगको संयुक्त आयोजनामा अध्यक्ष लायन असिम हमालको अध्यक्षता र पूर्व अध्यक्ष लायन दुर्गा गौतमको प्रमुख अतिथ्यतामा क्लब सचिव लायन रमेश मानन्धरको संयोजकत्वमा श्री मावि भरतपुर ४ दुर्गा चोकको परिसरमा निशुल्क मधुमेह सचेतना तथा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भयो जसमा ९४ जना सेवाग्राहीहरूको परीक्षण गरियो।
प्रतिकूल मौसमका बावजुद पनि परीक्षण गर्न आउनुहुने सेवाग्राहीहरू ,कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण आमा समूहहरू र टोल विकास संस्थाका अध्यक्षज्यूहरू लगायत सम्पूर्ण स्थानीय बासिन्दाहरुलाई क्लबको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौं। कार्यक्रम प्रायोजन गर्नुहुने डेकार कस्मेटिक प्राली र प्राविधिक सहयोग गर्नुहुने आर डि एल ल्याबलाई विशेष धन्यवाद व्यक्त गरियो ।

Advertisement




