• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

विश्व स्कुल दुध दिवसका अव​स​र​मा अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रियनर्स र​ डेरी एसोसिएसनले विद्यार्थीलाई ग​राए दूध पान


  •   बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
  • अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रियनर्सले नेपाल डेरी एसोसिएसनसँगको सहकार्यमा विश्व स्कुल दुध दिवस मनाएको छ ।  साताव्यापी रुपमा नियमित दुधपान कार्यक्रमसहित क्लबले छैठौं दिन दिब्य ज्ञान स्कुल डल्लु काठमाडौंमा विश्व स्कुल दुध दिवस मनाएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवको प्रमुख आतिथ्यता एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष एवं अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रियनर्सका अध्यक्ष प्रल्हाद दाहालको विशेष उपस्थिति, अप्टिमिष्ट इन्टरनेशनल नेपालका वर्ष ( २०२४/२५ का गभर्नर प्रताप बहादुर थापाको विशेष उपस्थितिमा विद्यालयमा रहेका ५ सयभन्दा बढी विद्यार्थीहरुलाई दुध सम्बन्धि जानकारी गराउँदै  दुग्ध पान गराइयो ।  यसरी विद्यालयम कार्यक्रम गर्दा दुग्ध क्षेत्रको विकासमा अत्यन्तै हित हुने कुरा अप्टिमिष्ट इन्टरनेशनल नेपालका वर्ष ( २०२४/२५ का गभर्नर प्रताप बहादुर थापाले बताए ।   अतिथिको स्वागतका लागि दिब्य ज्ञान विद्यालयकी छात्रा एलिजा सापकोटा र कक्षा १० का छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेको थिए भने कविता बाचन गरि रेहान मानेले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुध सबैले पिउनुपर्ने पौष्टिक तत्वले भरिपूर्ण भएको पौस्टिक आहार हो, नेपालको दुधको अवस्था, वर्तमान अवस्थामा दुग्ध क्षेत्रको अवस्था, विश्व स्कुल दुध दिवसको बारे बताउँदै यसरी कार्यक्रम गर्न स्थान उपलब्ध गराएकोमा विद्यालय परिवारलाई विशेष धन्यवाद दिए । कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दूध पूर्ण पौष्टिक आहार भएकोले बालबालिकाहरुले नियमित बिहान बेलुका दुध पिउनु पर्ने, नियमित दुध सेवन गर्दा निरोगी बन्न सहयोग पुग्ने, दूधबाट बनेका परिकारहरू, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका सबैले बुझ्नु पर्ने  बताए ।

    Advertisement

    एसोसिएसनले यसरी लागेर साता व्यापी कार्यक्रम गरेकोमा दिव्य ज्ञान विद्यालयका प्र.अ एवम्  एन. प्याब्सनका केन्द्रिय उपाध्यक्ष डम्बर कार्कीले धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई  निरन्तरता प्रदान गर्न अनुरोध गरे ।  कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, सदस्य शिव घिमिरे, रमेश सन्जेल, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, सचिव श्याम घिमिरे, युरेका स्कुलका प्र.अ. प्रबोध प्रभाकर रिजाल, एन प्याब्सन बागमती प्रदेशका अध्यक्ष नारायण कुमार कार्की, उपाध्यक्ष गणेश बहादुर श्रेष्ठ,काठमाडौ एन. प्याब्सनका उपाध्यक्ष माधब अधिकारी, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरपियरसका सचिव एवं राज्यदैनिक डटकमका सम्पादक सरोज ओझा, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरु , पत्रकारहरु एवं डेरी व्यवसायी उद्योगीहरूको बाक्लो सहभागिता रहेको थियो ।  कार्यक्रम पस्चात एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दिवस मनाउन अनुरोध गरेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।  यसरी विद्यालयमा पुगेर बालबालिकालाई दुध तथा दुग्ध पदार्थ वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गर्दा अत्यन्तै राम्रो हुने र उपभोग बढ्ने कुरा उपाध्यक्ष दिप प्रसाद धमलाले जानकारी गराए । दुध तथा दुग्ध पदार्थ बढि उपभोग गर्ने देशहरु विकासका हरेक कुरामा अग्र पंक्तिमा रहेका हुन्छन् । विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर विश्वभर स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन सन् २००० देखि निरन्तर आज २४ वर्षसम्म मनाउने गरेको तथ्यांक छ ।

    यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दुध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन” भन्ने नारा सहित भव्यताका साथ साता ब्यापि रुपमा असोज ३ गतेबाट मनाउने र असोज ९ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार मुल समारोहको आयोजना गर्ने गरि नेपाल डेरी एसोसिएसनले साप्ता व्यापी रुपमा मनाउने कार्यक्रम रहेको छ। हाम्रो देशको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पुरयाउनु पर्ने देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने देखिन्छ । बालबालिकालाई दुधको महत्व बारे बताउँदै अनिवार्य दुध सेवन गर्न प्रेरित गर्नुपर्छ । दुधको बारे अभिभावकहरुले र विशेष गरि शिक्षक शिक्षिकाहरुले पनि राम्रोसँग बुझेर सबै  बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ। विद्यार्थीहरु र बालबालिकालाई दैनिक रुपमा दुध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षक शिक्षिका र सरोकारवालाको भुमिका महत्वपूर्ण हुने गर्छ । साथै विद्यालय र सरोकारवाला निकायले पनि दुध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दुधको जानकारी सहित आग्रह गर्नुपर्छ । एसोसिएसनले समय समयमा स्कुल, आश्रम, अस्पताल लगायत विभिन्न स्थानमा दुध तथा दुग्ध पदार्थ सेवन गराउने र विविध कार्यक्रमहरु गर्ने गरेको छ । समय समयमा कविता र वक्तृत्वकला प्रतियोगिता गरि बालबालिकामा दुध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको छ । यसले दुग्ध क्षेत्रको विकासका लागि ठूलो महत्वपूर्ण भुमिका खेलेको हुन्छ।

    बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.