• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

उवासंघ चितवनको महिला उद्यमी लक्षित करसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले महिला उद्यमी  व्यवसायीहरुलाई आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी  २ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् जिआईजेड रासको प्राविधिक सहयोगमा असोज ६ र ७ गते भरतपुर महानगरपालिका वडा नं ११ वसेनी स्थीत मलेवा व्यङ्कोइटमा कार्यक्रम भएको हो । महिला उद्योगी व्यवसायीहरुलाई आयकर तथा मूल्य अभिवृद्धि करका साथै करका नीति नियमका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक सफलता प्राप्त गर्न करका नीति नियमहरूको बारेमा व्यवसायीहरूलाई जानकारी हुनपर्ने बताउँदै उहाँले सक्रिय रुपमा सहभागि भई लाभान्वित हुनका साथै जिज्ञासा लागेको कुरा निर्धक भएर प्रशिक्षकज्यूहरूलाई सोध्न सहभागिहरूलाई अनुरोध गर्नु भयो । कार्यक्रममा उहाँले संघले आफ्ना सदस्य व्यवसायीहरुलाई निरन्तर रुपमा कर शिक्षा प्रदान गर्दै आइरहेको शिलशिलामा यस किसिमको कार्यक्रमको आयोजना गरेको भन्दै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
    कार्यक्रमको प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर प्रणालीमा डे १, डे २ र डे ३ अनलाईन सिस्टमा गई सकेकोे जानकारी गराउदै उहाँले व्यवसायीलाई आफ्नो व्यवसायको कर तिर्न मध्यस्थकर्ता नलगाई आफै कर दाखिला गर्न सक्ने बन्न व्यवसायीहरूलाई अनुरोध गर्दै उहाँले करका बारेमा बजारमा आएको समस्याका विषयलाई ध्यानमा राखेर सिकाउनु पर्ने बताउँदै कार्यक्रमको  सफलताको शुभकामना व्यक्त गर्नुभयो । सोही अवसरमा बोल्दै प्रमुख कर अधिकृत खड्काले राज्य स्तरबाट प्रदान गर्नुपर्ने प्रशिक्षण कार्यक्रम निजी क्षेत्रको पहलमा गरिएको भन्दै संघ प्रति आभार व्यक्त गर्दै सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यÏ गर्नुभयो ।
    कार्यक्रममा जिआईजेड रासका फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाईजर नविन लाल श्रेष्ठले चितवनका महिला उद्यमी व्यवसायीहरुलाई आयकर, मु.अ. कर, मिसम्याच लगायत करका नीति नियमका बारेमा जानकारी गराउन यस तालिमको लागि उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गरेको बताउनु भयो । उहाँले आगामी दिनहरूमा पनि कर सम्बन्ध कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गर्न सकिने बताउनु भयो ।
    दुई दिन सम्म सञ्चालित तालिम तथा अभिमुखिकरण कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका राजश्व सल्लाहकार सिए विमान कार्की लगायत सिए विकास तिवारी, सिए विशाल भट्टराईले, सिए सजिता अधिकारी, सिए कमल सुवेदी र कविता चौधरीले कार्यक्रमको मध्यस्तकर्ता रहनु भएको थियो ।
    कार्यक्रममा संघको कर्मचारी पवित्रा अर्यालले उद्योग वाणिज्य संघ–चितवनद्धारा आन्तरिक राजश्व कार्यालय परिसर भित्र सञ्चालित कर सहायता कक्षबाट उद्योगी व्यवसायीलाई दिईने सेवाका बारेमा जानकारी गराउनु भएको थियो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, संघका कार्यकारी निर्देशक निलबहादुर केसी, महिला उद्यमी विकास समिति संयोजक अस्मिता तिमिल्सिना लगाएत महिला उद्योगी व्यवसायी गरी करिव ८५ जनाको सहभागिता रहेको थियो ।
    उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमानकुमार श्रेष्ठको अध्यक्षता एवम्  द्वितीय उपाध्यक्ष अशोक अधिकारीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रमको उद्घाटन सत्र संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    Advertisement

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.