चितवन/नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल चितवनलेले आफ्नो सांगठनिक गतिविधिमा तीव्रता दिएको छ ।जिल्लाको विभिन्न वडाहरुमा पुगेर आवधिक अधिवेशनहरु सम्पन्न गर्दै विधान बमोजिम सांगठनिक क्रियाकलापलाई केही समयदेखि तीव्रता दिएको हो ।सबै वडा अधिवेशनहरुमा सम्बन्धित भूगोलको पार्टी पंक्ति, राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटी ईन्चार्ज, राष्ट्रिय युवासंघका केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका युवा नेताहरु, जिल्ला कमिटी पदाधिकारी एवम् सम्बन्धित भूगोलका जिल्ला कमिटी सदस्यहरु, नगर ईन्चार्जहरु, वडा ईन्चार्जहरु लगायत, जिम्मेवारी प्राप्त विभिन्न कमिटीका युवा नेताहरुको सक्रिय उपस्थितिमा अधिवेशनहरु सम्पन्न हुँदै आएका राष्ट्रिय युवा संघ नेपाल चितनका अध्यक्ष झलकराज भट्टले जानकारी दिए । युवा संघप्रति चितवनका युवाहरुको आकर्षण बढ्दै गएको उनले बताए ।
आज शनिबार मात्रै ३ वटा वडाहरुमा वडा कमिटीका अधिवेशनहरु सम्पन्न भएका छन् । जिल्ला कमिटीका सचिव उत्तम सेढाईका अनुसार आज राप्ती नगरपालिका १०, ११ र कालिका नगरपालिका ५ मा अधिवेशन सम्पन्न भएको छ । ३ वटै वडामा सर्वसम्मतबाट वडा कमिटी गठन गरिएको छ ।




