• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

“प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” को तयारी अन्तिम चरणमा


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • भरतपुर/“स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि खेलकूद”भन्ने नाराका साथ चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी विजया दशमी, शुभदीपावली, छठ तथा नेपाल संवतको पूर्व सन्ध्यामा हुन लागेको “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” को तयारी अन्तिम चरणमा पुगेको छ ।
    “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” अन्तर्गत हुने मिष्टर चितवन पुरुष शारीरिक सुगठन प्रतियोगितातर्फ ५५ के.जि., ६० के.जि., ६५ के.जि., ७० के.जि., ७५ के.जि., ७५ के.जि.भन्दा माथि प्रतिस्पर्धा गराईनेछ । त्यस्तै प्रतियोगिता अन्तर्गत ५० वर्षभन्दा माथिका व्यक्तिहरुबीच माष्टर वेट खुल्ला पुरुषतर्फ पनि प्रतिस्पर्धा गराईने चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङ्गले जानकारी दिनुभयो ।

    Advertisement


    प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फष्ट रनरअफ (सेकेण्ड) लाई २० हजार र सेकेण्ड रनरअफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर प्रदान गरिनेछ । छुट्टाछुट्टै ६ वटा वेट क्याटगोरीबाट छनौट भएका गोल्ड मेडलिष्टहरु बीच प्रतिस्पर्धा गराए पछि छनौट हुने प्रतियोगिले नै मिष्टर चितवन २०८१ को बिजेता बन्नेछन् । बिजेताले एकलाख पचास हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
    “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” को महिलातर्फ खुल्ला रुपमा भाग लिन पाउने व्यवस्था मिलाइएको छ । महिलातर्फ हुने ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेता हुनेले रु ५० हजार, फष्ट रनरअफ (सेकेण्ड)हुनेले रु २५ हजार र सेकेण्ड रनरअफ (तृतीय)हुनेले रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।


    चितवनको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको प्रथम मिष्टर चितवन प्रतियोगिता खेलकूदप्रेमीहरुको लागि निकै अवसरको रुपमा लिइएको प्रतियोगिता अन्य खेलहरु मध्ये विशेष महत्वको रुपले हेरिएको र यस प्रतियोगितालाई सम्पन्न २० लाख खर्च लाग्ने छ । प्रतियोगिताको अन्तर्राष्ट्रिय रुपमा विभिन्न कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्वाह गर्नुभई पाँच पटकसम्म मिष्टर नेपाल बिजेता प्रताप काजी बरिया प्रमुख निर्णायकको भूमिका रहने गरी ९ जना सहायक निर्णायकहरुले कार्याक्रममा सहभागिता जनाउने नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका सचिव श्री दिनेश कुमार राजभण्डारीले जानकारी दिनुभयो ।


    कार्यक्रमको मुख्य प्रायोजकमा युरो अटोमोटिभ प्रा.लि.(विवाईडि), सह–प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेशनल प्रा.लि., प्रबद्र्धकमा भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका, हस्पिटल पार्टनरमा नेशनल सिटी हस्पिटल, रेष्टुरेण्ट पार्टनरमा पाते ढिडो बिच रिसोर्ट, टिकट सौजन्य चितवन ह्यानकुक रेष्टुरेण्ट (साराङ), हस्पिटालिटी पार्टनरमा चितवन मिडटाउन रिसोर्ट, मिडिया पार्टटरमा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि. रहेका छन् ।
    असोज १२ गते, शनिबार भरतपुर स्थित चितवन मिडटाउन रिसोर्टमा हुने फाइनल प्रतियोगितालाई नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय अध्यक्ष राजेश बाबु श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
    चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका सचिव बीर बहादुर राना मगरले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रमलाई चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका उपाध्यक्ष इन्द्र श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.