• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दोस्रो तीज बिशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न

"लेखन आर्टिकल प्रतियोगितामा पत्रकार सुजिता हमाल प्रथम "

  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
  • चितवन/एटुजेड समाचार डटकमद्वारा आयोजित दोस्रो तीज बिशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आज (शुक्रबार) भरतपुर स्थित चितवन गार्डेन रिसोर्टमा “मौलिक तीज पर्व र यसका चुनौती” बिषयक आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त लेखन आर्टिकल प्रतियोगितामा पत्रकार सुजिता हमाल प्रथम भएकी छन् । प्रथम भएसँगै उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै पत्रकार करुणा देवकोटा द्वितीय भएकी छन् । उनले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन्। त्यस्तै पत्रकार चाँदनी हमाल तृतीय भएकी छन् । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् भने बिष्णु गौतम सान्त्वना पुरस्कार जित्न सफल भएकी छन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

    Advertisement

    प्रतियोगितामा फेसबुक पेजमा लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिएको हो । आर्टिकल प्रतियोगितामा २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । जसमा दिवा भट्टराई, दुर्गा कुमारी रेग्मी, सुधा देवकोटा, निरु लामिछाने, करुणा देवकोटा, केशु लामिछाने, बिनिता कडेल, सबिता श्रेष्ठ, चाँदनी हमाल, रेखा देवकोटा, कल्पना आचार्य, सर्मिका ढुवाडी, सुरक्षा बराल, पूजा लम्साल, गीता घिमिरे, श्रीजा थापा, सुजिता हमाल, रबिना पौडेल, बिष्णु गौतम, सुनिता सुवेदी, सविता महतो, बसुन्धरा गौतम, निरुता बिक, संगिता आचार्य र सिम्रन क्षेत्री रहेका थिए । सो कार्यक्रममा निर्णायक संयोजकमा भरतपुर प्रज्ञा प्रतिष्ठानका सचिव बालकृष्ण थपलिया, निर्णायकमा त्रिभुवन विश्वविद्यालय, विरेन्द्र बहुमुखी क्याम्पस नेपाली विभाग डा. एकनारायण पौडेल, नेपाल संस्कृत विश्वविद्यालय, कालिका विद्यापिठ गैंडाकोट नेपाली विभाग डा. केशव चालिसे र नेपाल साहित्य परिषद् सचिव शान्ती शर्मा रहेका थिए । कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल रहेकी थिईन् । उनले महिला पत्रकारलाई सम्मान गर्दै चितवनमा नै पहिलो पटक यस्तो खालको प्रतियोगिता आयोजना गरेको भन्दै आयोजक टिमलाई धन्यवाद व्यक्त गरिन् ।

    भरतपुर महानगरपालिकामा महिला नेतृले नेतृत्व गर्दै गर्दा चितवनका महिला पत्रकारहरुसँग हातेमालो गरेर सहकार्य गर्न सधैं तयार रहेको बताईन् । उनले पत्रकार देशको चौथो अङ्ग भएकाले समाजमा नयाँ ढङ्गले लेखन कार्यलाई अगाडी बढाउन यस्तो खालको प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताईन् । कार्यक्रममा विशिष्ट अतिथी पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी रहेका थिए । उनले यस्ता खालका कार्यक्रम पत्रकारहरुको साझा संगठनले गर्नुपर्नेमा प्राईभेट मिडिया कम्पनीले गतबर्षदेखी शुरु गरी निरन्तरता दिईरहेको अवस्थामा आयोजकलाई धन्यवाद व्यक्त गरे । त्यस्तै उनले नेपाल सरकार एवम् भरतपुर महानगरपालिकाबाट पत्रपत्रीका एवम् रेडियोहरुले लोक कल्याणकारी बिज्ञापन पाईरहँदा छिटो छरितो समाचार सम्प्रेशण गर्ने अनलाइन मिडियाहरुले नपाएकोमा चिन्ता व्यक्त गर्दै भरतपुर महानगरले अनलाइन मिडियाहरुलाई पनी लोक कल्याणकारी बिज्ञापनको व्यवस्था मिलाईदिनुहुन महानगर प्रमुखसँग आग्रह समेत गरे ।

    कार्यक्रमका सभापती एवम् एटुजेड समाचारका अध्यक्ष किशोर चन्द्र सापकोटाले चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा बिदेशमा समेत रहेका महिला पत्रकार सञ्चारकर्मीहरूलाई पुनः चितवनसंग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको बताए । उनले आर्टिकल लेखन प्रतियोगितामा सहभागी हुने सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गरे । गत बर्ष देखि शुरु भएको आर्टिकल लेखन प्रतियोगितालाई अगामी बर्षहरुमा पनि निरन्तरता दिदै जाने उनको भनाई थियो । उक्त प्रतियोगिता एटुजेडले समाचारले शुरुवात गरेता पनि आगामी बर्षदेखि अझै परिस्कृत रुपमा सम्पूर्ण सन्चार क्षेत्रकै साझा कार्यक्रमको रुपमा अगाडि बढाउने योजना रहेको समेत बताए । कार्यक्रममा अतिथी प्रेस चौतारी चितवनका अध्यक्ष सुबास पण्डित, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सिन्धु ढकाल, प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य, संचारिका महिला समुहका अध्यक्ष अजिता अधिकारी, वरिष्ठ फिजिसियन तथा समाजसेवी डा. भोजराज अधिकारी लगायत बोलेका थिए । साथै कार्यक्रममा कार्यक्रमको अतिथी टाईटल स्पोन्सर निप्पोन एजुकेशनल सेन्टरका प्रबन्ध निर्देशक रुकु काफ्ले भट्रराई, टाटा पेन्टस प्रालिका निर्देशक आगमन आचार्य, गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल प्रालिका अध्यक्ष प्रकाश रिजाल विभिन्न मिडियामा आबद्द पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रम सन्चालन बाल गोबिन्द न्यौपानेले गरेका थिए ।

    शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.