अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनले अध्यक्ष अर्जुन पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। त्रिभुवन युनिभर्सिटी कीर्तिपुरमा सम्पन भएको सम्मेलनले नया कार्यसमिति गठन गरेको हो। सम्मेलनबाट चितवनकी युवा नेत्री ममता पाण्डे निर्विरोध रूपमा उपाध्यक्षमा निर्वाचित हुनुभएको छ।पाण्डे मिस नर्स चितवन २०१४ की बिजेता हुन । सुन्दरी प्रतियोगिताका विजेताहरुमा ममता पाण्डे चितवनमा लोकप्रिय, सक्रिय र बोल्ड मानिन्छिन ।

सम्मेलनले १३ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । जसको अन्य उपाध्यक्षमा सन्तोष चौहान,हरि बहादुर खड्का, अस्मिता ठकुरी, क्षेत्र कुमार तामाङ चयन भएका छन् ।सम्मेलनले प्रमुख सचिवमा बिजय लामालाई चयन गरेको गरेको छ। सचिवहरुमा बिजय घिमिरे,परितिक्त राज गिरी, बेकामी कार्की, उर्मिला तामाङ ,विज्ञान दोर्ज बल चयन भएका छन् चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा अनिता कुमारी श्रेष्ठ चयन भ एकी छन्।
सम्मेलनले पार्टीलाई थप सशक्त बनाउन र संगठनको व्यापक विस्तारका लागि महत्वपूर्ण निर्णयहरू गरेका छन् । नवगठित कार्यसमितिले आगामी कार्यकालमा युवाहरूको सशक्तिकरण, शैक्षिक सुधार र सामाजिक न्यायका मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित अघि सारेको छ।





