चितवन/‘राम मिष्ठान्न भण्डार’को भरतपुर १० एरपोर्ट अगाडि शाखा सञ्चालन गरिएको छ । बि.स. २०४१ सालदेखि व्यवसाय संचालन गर्दै आइरहनुभएका ‘राम मिष्ठान्न भण्डार’का संचालक राम प्रसाद सुवेदीको अहिले हाल दुईवटा मिष्ठान्न भण्डार र गैंडाकोटमा श्रीराम पार्टी प्यालेस गरी तीनवटा व्यवसाय संचालन गर्नुभएको छ । स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उदेश्यले झन्डै ४० लाखको लागतबाट व्यवसाय संचालन गर्नुभएका उहाँले अहिले करोडौंको व्यापार गर्दै आइरहनुभएको छ । सुवेदीले आफ्नो व्यवसायमा ४० जनालाई रोजगारी दिदै आउनुभएको छ । आजको आर्थिक मन्दीको समयमापनि स्वदेशमा नै व्यवसाय गरेर ४० जनालाई रोजगारी दिन पाउँदा खुशी लागेको उहाँ बताउनुहुन्छ । ६४ सालदेखि नेपाल यातायात व्यवसायी महासघको ५ औं उपाध्यक्ष समेत सुवेदी रहँदै आउनुभएको छ ।
Advertisement




