• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

विश्व आत्महत्या रोकथाम दिवसः मानसिक स्वास्थ्यप्रति समाजमा विभेद र लाञ्छना विद्यमान


  •   बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ/छ महिनाअघिको कुरा हो । ३३ वर्षीय एक पुरुष पारिवारिक समस्याका कारण आत्महत्या गर्ने निष्कर्षमा पुग्नुभयो । उहाँले आत्महत्या रोकथामका लागि राष्ट्रिय ‘हेल्पलाइन’ ‘११६६’ बारेमा कतै सुन्नुभएको थियो । हेल्पलाइनमा फोन गर्नुभयो । आत्महत्याको अन्तिम चरणसम्म पुगिसक्नुभएका उहाँलाई हेल्पलाइनको परामर्शले नयाँ जीवन दियो । निरन्तर सम्पर्कमा रहनुभएका उहाँले एक दिन हेल्पलाइनको अफिसमा पुगेर आफूले प्रयोग गर्न खोजेको विषको बट्टा छोडेर जानुभयो । उहाँ अहिले सामान्य जीवन बाँचिरहनुभएको छ । २३ वर्षीया एक युवतीलाई बेलाबेलामा आत्महत्याको सोच आइराख्छ । घरपरिवार, भविष्य, वैवाहिक जीवनमा आइपर्ने स–साना समस्याले मन बेचैन भएपछि उहाँ आत्महत्या गर्ने सोचमा पुग्नुभएको थियो । उहाँलाई पनि हेल्पलाइनले मद्दत पु(यायो । उहाँले भन्नुभयो, “आफ्ना समस्याका बारेमा साथीभाइलाई भन्न नसकेका कुरा हेल्पलाइनमा भन्न सक्छु । मलाई यसले निकै सघाउ पुगेको छ । मेरो कुराहरु राम्ररी सुनिदिनुहुन्छ । बुझिदिनुहुन्छ ।”

    Advertisement

    माथि उल्लिखित दुई उदाहरणहरु सरकारले सन् २०२० बाट सुरु गरेको आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ‘११६६’मा आएका फोनबाट उद्धृत गरिएका हुन् । यी उदाहरणले मानसिक समस्यामा परेकालाई संवाद र परामर्शको आवश्यकता प्रस्ट्याउँछ । हेल्पलाइनमा दैनिक ४० वटासम्म फोन आउने गर्दछन् । फोन गर्नेमा पुरुष र महिलाको सङ्ख्या बराबर रहेको हेल्पलाइनमा कार्यरत मनोसामाजिक परामर्शदाता पार्वती श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विभिन्न खालका समस्याहरु लिएर फोन गर्नुहुन्छ । यही नै मुख्य भन्ने छैन । हामीले उहाँहरुको कुरा सुनेर ढाडस दिन्छौँ । निरन्तर ‘फलोअप’मा रहन्छाँै ।” यो हेल्पलाइनमा कसैलाई समस्या परेको छभने उहाँहरुले मनोपरामर्शदातासँग खुलेर संवाद गर्न सक्छन् । उनीहरुको आत्मसम्मान र गोपनीयताको ख्याल राखिन्छ । समस्यामा परेकाले चौबिसै घण्टा निःशुल्क परामर्श लिन सक्छन् । पीडाजन्य अवस्थाबाट गुज्रिरहेको बेला सम्हालिन नसकेपछि आत्महत्याको सोचमा पुगेकालाई हेल्पलाइनले मद्दत गरेको छ ।

    नेपाल प्रहरीले सार्वजनिक गरेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन २०८१ को प्रतिवेदनले आत्महत्याको प्रमुख कारणमा मानसिक तनाव, आर्थिक भार, प्रेममा असफलता, घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, मादक पदार्थ सेवन र पारिवारिक द्वन्द्व रहेको देखाएको छ ।  नेपाल प्रहरीको आर्थिक वर्ष २०७८र७९ र २०७९र८० को अपराध तथ्याङ्कअनुसार आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको सङ्ख्या धेरै छ । उमेर समूहअनुसार कुल आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी १८–२५ वर्ष उमेर समूह ९२१ प्रतिशत० छन् । १५ प्रतिशत बालबालिकाले आत्महत्या गर्ने गरेको देखिएको छ । करिब ६७ प्रतिशत मानिसहरु मानसिक रोग र मानसिक तनावका कारण आत्महत्या गरिरहेको उक्त प्रतिवेदनमा उल्लेख छ । उमेर र लिङ्गका आधारमा तुलनात्मक अध्ययन हेर्दा धेरैजसो २५ वर्षमुनिका महिलाले आत्महत्या गरिरहेको ९५०।२० प्रतिशत देखिन्छ । २५ वर्षमाथि उमेरका पुरुषहरुले आत्महत्या बढी गरिरहेको देखिन्छ ।

    विश्व स्वास्थ्य सङ्गठनका ९डब्लुएचओ०का अनुसार विश्वमा हरेक वर्ष सात लाख मानिसले आत्महत्या गर्छन् । हरेक ४० सेकेन्डमा एकजनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । डब्लुएचओले विश्वमा आत्महत्याका कारण मर्ने मानिसको सङ्ख्या द्वन्द्व र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेभन्दा बढी भएको जनाएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा पाँच वर्षको अवधिमा आव २०७६र७७ मा छ हजार दुई सय ७९, आव ०७७र७८ मा सात हजार एक सय ४९, आव ०७८र७९ मा छ हजार आठ सय ३०, आव ०७९र८० मा छ हजार नौ सय ९३ र आव ०८०र८१ मा सात हजार दुई सय २३ ले आत्महत्या गरेको देखिन्छ । जसअनुसार नेपालमा हरेक दिन लगभग २० जनाले आत्महत्याका कारण ज्यान गुमाइरहेका छन् ।
    ‘सचेतनाको खाँचो छ’

    नेपाल मानसिक अस्पतालमा कार्यरत वरिष्ठ ‘कन्सल्टेन्ट साइक्याट्रिष्ट’ डा वासुदेव कार्की नेपाली समाजमा अझै मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्ने परिपाटी विकास हुन नसकेको बताउनुहुन्छ । डा कार्की भन्नुहुन्छ, “अझै हाम्रो समाजमा लोकलाज बाँकी छ, विभेद छ । आफ्नो समस्या लुकाउन चाहनुहुन्छ । लुकाउने पर्ने सवाल नै होइन । खुलेर कुरा गर्नुपर्छ । खुलेर संवाद गर्ने अभ्यास गर्नुपर्छ । सामाजिक संरचनामा आत्महत्या र मानसिक स्वास्थ्यसम्बन्धी अन्धविश्वास तोड्न सक्यौँ भने छिट्टै परिणाम ल्याउँछ । परिवार, कार्यस्थल यी संवाद मैत्री हुन सके हेल्पलाइनको पनि जरुरत हुँदैन ।”  कुनै व्यक्तिले आफूलाई मानसिक रुपमा अप्ठ्यारो परेको छभने त्यसलाई सहज रुपमा लिन सक्नुपर्ने विज्ञ बताउँछन् । डा कार्कीले भन्नुभयो, “कठिनाइ सबै क्षणिक हुन् । जीवन हिजो पनि सुन्दर थियो भोलि पनि छ । आजको वर्तमान मात्र कठिन भएको हो । त्यति कुरा व्यक्तिलार्ई थाहा भयो भने धेरै मद्दत पुग्छ ।”

    यस वर्षको विश्व आत्महत्या रोकथाम दिवस २०२४ को नारा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँः दृष्टिकोण बदलौँ’ भन्ने छ । यो दिवस हरेक सेप्टेम्बर १० मा मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत नेपालमा कार्यरत मानसिक स्वास्थ्य विशेषज्ञ डा केदार मरहट्ठाले मानसिक स्वास्थ्य समस्या र आत्महत्यासँग सम्बन्धित समाजमा विद्यमान अन्धविश्वास र भ्रमलाई चिर्नुपर्ने धारणा राख्नुभयो । मानसिक स्वास्थ्यसम्बन्धी समाजमा कस्ता भ्रम पालिएका छन् भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “कमजोर मन भएकाले आत्महत्या गर्छन्, मानसिक स्वास्थ्य समस्या आचरणको समस्या हो, दैनिक जीवनका समस्या झेल्न नसक्ने यस्ता समस्यामा पर्छन्, यो समस्या भएपछि जिन्दगीभर भइराख्छ, औषधि खाइराख्नुपर्छ, भूतप्रेत लागेको भन्ने भ्रम जनमानसमा छन् ।”

    यी सबै गलत धारणा रहेको उहाँको भनाइ छ । विज्ञका अनुसार समस्यामा परेकालाई एक छिन सुनिदिए मात्र पनि समस्या कम हुन्छ । डा मरहट्ठा भन्नुहुन्छ, “आफ्ना प्रियजनलाई कस्तो छ भनेर सोध्नुस् । उसको कुरा धैयर्तापूर्वक सुनिदिने प्रयास गर्नुस् । बिना ‘जजमेन्ट’ उसको कुरा सुनिदिनुस् । कुरा गर्दै जाँदा रुन्छ होला ऊ ठीक पनि हुन सक्छ । गोपनीयताको ख्याल राख्नुस् । सँगै भइदिनुस्् । निरन्तर सम्पर्कमा रहिराख्नुस् । यति गरिदए मात्र समस्यामा परेकालाई धेरै राहत मिल्छ । संवाद जारी राख्न जरुरी छ ।” समस्यामा परेकालाई कसरी सहयोग गर्ने त रु विज्ञका अनुसार पूर्वाग्राह नराखी कुराहरु ध्यान दिएर सुन्ने, व्यक्तिले व्यक्त गरेका कुराहरुको गोपनीयता कायम राख्ने, व्यक्तिलाई हामीसँगसँगै छाँै भन्ने महसुस गराउने, व्यक्तिको आनीबानीप्रति सचेत हुने, जोखियमुक्त सामग्री तथा साधनहरुको पहुँचबाट टाढा राख्ने, व्यक्तिलाई सहानुभूतिसहित सम्मानजनक व्यवहार गर्ने, अवस्था जटिल भएमा हेल्पलाइन नम्बरमा सम्पर्क गर्नाले आत्महत्या रोकथाममा टेवा पुग्न सक्छ ।

    मनोविद् विजय बिजुक्छेका अनुसार व्यक्तिकप्रति परिवार तथा समाजको बढी ‘डिमान्ड’ भएकाले पनि आत्महत्याका घटना धेरै भइरहेका छन् । बिजुक्छे भन्नुहुन्छ, “आजभोलि परिवार र समाजको व्यक्तिसँग धेरै डिमान्ड देखिन्छ । त्यसको दाँजोमा सिकाइ, मेहनत कम हुँदै गएको छ । त्यो ‘ग्याप’ हुनासाथ मलाई कसैले बुझ्दैन, सहयोग गर्दैन, अरूसँग किन हात फैलाउनु, मद्दत किन माग्नु भनेर सोच आउन थाल्छन् अनि उनीहरु आत्महत्याको प्रयास गर्छन् ।” मनोविद् बिजुक्छेले आत्महत्या न्यूनीकरण परिवारबाट  सुरुआत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गल्ती गर्न पाइन्छ, मान्छेबाट गल्ती हुन सक्छ । आफूलाई केही  अप्ठ्यारो परेको छभने नजिकको कसैलाई आफ्नो समस्याबारे भन्न र भनेर मद्दत माग्न सिक्नुपर्ने हुन्छ । अरूलाई नभनि थाहा हुँदैन । बोल्ने बानीको विकास गर्नुपर्छ । घरपरिवारले नै हो त्यस्तो बानी विकास गर्ने । केही कुरा बोल्न लाग्दा यस्तो कुरै नगर, यस्तो सोच्ने नै होइन भन्नु सबैभन्दा ठूलो गल्ती हो । हिजोको लागि रोएर बसेर हुँदैन अगाडि धेरै छ जानु भन्ने कुरा बताउनुपर्छ ।”

    नेपाल प्रहरीको अध्ययनअनुसार आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनाको पहुँच ३४ प्रतिशत नागरिकमा मात्र पुगेको देखिन्छ । जीवनमा आइपर्ने कठिनाइ समाधान हुन्छ र भोलि हिजोभन्दा सुन्दर ढङ्गले अगाडि बढ्न सक्छ भन्ने विश्वास हरेक व्यक्तिमा भर्न सकियो भने व्यक्ति आफैँ सचेत हुन्छ । साइक्याट्रिष्ट डा कार्की भन्नुहुन्छ, “मान्छेलाई अप्ठ्यारो समयमा विभिन्न सोचहरु आउन सक्छन् । ती स्वाभाविक हुन् । यसलाई खुलेर कुरा गर्नुपर्छ । अत्यन्त पीडाबोध भएर सहयोग खोजेको हुन्छ संवेदनशील हिसाबले सुन्नुपर्छ । ख्याल ठट्टामा उडाउनु हुँदैन । कमजोर भनेर हेयको हिसाबले हेर्नुहुन्न भन्ने सुझबुझ परिवारका सदस्य, साथीभाइ, शिक्षक, सहकर्मी सबैले बोध गर्नुपर्छ ।”  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखाप्रमुख डा पोमावती थापाले आउने दिनमा आत्महत्यासम्बन्धी तथ्याङ्क अस्पतालबाट सङ्कलन गर्नेगरी सुसाइड रेजिस्ट्रीको प्रावधान विकास गर्नुपर्ने बताउनुभयो । उहाँले युवाहरुमा आत्महत्यासम्बन्धी कारणहरुको अध्ययन–अनुसन्धान जरुरी रहेको बताउनुभयो ।

    सन् २०१५ मा १६ दशमलव पाँचजना प्रतिलाख नेपालीमा रहेको आत्महत्याको दर सन् २०२२ मा नौ दशमलव सातमा झरेको छ । सन् २०३० सम्ममा प्रतिलाख चार दशमलव सातमा आत्महत्याको दर झार्ने महत्वकाङ्क्षी लक्ष्य लिइएको छ । हालको तथ्याङ्कमा सुधार ल्याउन बहुपक्षीय सहकार्य हुनुपर्ने डा थापाको भनाइ छ । -रासस

    बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.