भरतपुर/२०८१ असोज १ गतेदेखी २४ गतेसम्म दशैंलाई लक्षित गरी चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको “पर्व मेला–२०८१” अन्तर्गत २०८१ असोज १६ देखि १९ गतेसम्म अटोमोबाइल डिलर्स एशोसियसनले आयोजना गर्न लागेको “काडा अटो शो २०८१” को एक कार्यक्रमका बीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रर्दशनी तथा व्यवसाय प्रबद्र्धन विभागका संयोजक दिनुप कुमार बराल र चितवन अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष राजन पियाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियो ।
प्रथम पक्ष चितवन उद्योग संघ र दोश्रो पक्ष चितवन अटोमोबाइल डिलर्स एशोसिएशन रहेको सम्झौता पत्रमा दुबै संस्थाहरुको भूमिकाको विषयमा उल्लेख गरिएको छ ।
Advertisement




