• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

समाजका नजरमा भड्किलो तीजको चीरफार


  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
  • माैसम फेरि पनि तीजको आएको छ । विगतका वर्षहरूमा यतिखेर घर आँगनमा तीजको छुट्टै रौनक भैसक्थ्यो । परदेशको व्यस्त जीबनमा घरदेशको स्वाद मिलाउँदै बिदाका दिनहरु तीजकै रंगले सजिने थिए। फेरि उमङ्गसँगै महिनौं दर खाएको चर्को आलोचना पनि त त्यत्तिकै आउँथ्यो । हाँसेर अनि नाचेर ती आलोचनालाइ उँडाउनुको मज्जा पनि बेग्लै हुन्थ्यो ।  तर यसपाली कोरोना कहरले गर्दा तीजको माहोल नितान्त अलग्गै बनेको छ । तैपनि आफु जान्ने भए देखिनैं मनाउँदै आएको सबै भन्दा मन पर्ने चाड नै तीज हो मेरा लागि । त्यसैले बाहिर जे जसो भएपनि मनमा त तीज आएकै छ ।

    Advertisement

    सानो हुँदा पक्कै पनि तीजको राम्रा नाना र मिठा खानाले मन तानेको हुनुपर्छ। तर ठूलो हुँदै गएपछि तीजले नारीहरुलाइ दिएको स्वतन्त्रताले मन तानेको थियो । किनकि काकी, भाउजुहरु सबैले माइत जान बिदा पाउँथे । कामको चापले या कुनै कारणबस माइत जान नमिलेपनि तीज भरी मेलापात या भारी काम गर्न पर्दैनथ्यो । तर हरेक घरमा पशुपालन त थियो नैं, तीज अगाडी नैं घाँस काटेर राखिन्थ्यो र अपुग भएमा काट्नका लागि बारीको पाटामा घाँस पालेको हुन्थ्यो ।

    अझै बर्षै भरी खाना नपकाउने बा, काका र दाजुहरु समेत तीजको दर पकाउन सहयोग गर्नुहुन्थ्यो । अरु बेला बा, दाइहरुको अगाडी सिधा हेर्नपनि डराउने भाउजुहरु तीजमा पुरै बेदना र बिद्रोहका गीत गाएर छमछम नाच्न सक्नुहुन्थ्यो । गीतमा छुच्ची सासु, ससुरा लगायत गाउँमा घटेका घटना देखी राजनीतिसम्म जोडीन्थे । दाइजो नदेउ बाबा, बरु छोरी पढाउ भन्ने खालका गीतहरुले समाजका आँखा खोलेका हुन्थे।

    हाम्रो गाउँघरमा जनैपूर्णीमा लगत्तै तीजको रौनक सुरु हुन्थ्यो । आमा,हजुरआमाले बारीको काँक्रो, घिराैला, आरु आदि नटीपेरै साँच्नु हुन्थ्यो । घाम लागेको दिन पारेर आँगनमा अनदी र झिनुवाको धान सुक्थे, चामल कुटिन्थे, घ्यूको भाँडा भरिन्थे । बुहारीहरु खेतबारीको काम छिटो सकेर माइत जाने तरखरमा हुन्थे । छोरी चेली लिन जानेको घुइँचो नैं लाग्थ्यो । यो लगभग तीन दशक अगाडीको कुरा हो । त्यतिबेला सम्म हाम्रो गाउँघरमा जागीरे महिलाहरु औंलामा गन्न सकिने मात्र थिए । बिस्तारै तीजलाइ समाजका नराम्रा पाटाहरु औंल्याइ दिने र सकारात्मक सन्देश दिने दिनको रुपमा हेर्न थालियो ।

    तीजको दिनमा गीतबाट जे जति प्रहार गरेपनि छुट थियो नारीहरुलाइ । त्यसैले गीत र नाचको तैयारी गर्ने काम जनैपूर्णीमाको बेलुकाबाट सुरु हुन्थ्यो । हरेक दिन बेलुका एक घन्टा जति आमा, हजुरआमा, भाउजुहरुसँग बसेर तीज गीतको तैयारी हुन्थ्यो। कापीको पानामा संकलित गीत लेखेर राख्दा ८० बर्ष कटी सकेकी हजुर आमा खुशीले ‘त्यो कापीमा लेखेको गीत गाओ त“ भन्दै कुप्री परेर नाच्नुहुन्थ्यो । तैयारी गिती सन्देशहरु हरेक चेलीका घर, माइत हुँदै समाजमा पुग्थे।

    हुन त तीजको दिनमा पनि चरम दमनमा कारण आंसु झार्नेहरुपनि त थिए । तैपनि नारीहरुले नैं गीत बनाएर बिरोध गर्ने प्रयास गर्थे । बिबाहित महिलाहरु प्रायः ब्रत बस्थे, पुजा गर्थे । तर श्रीमानको खुट्टाको पानी खाएको मैले कहिल्यै देखिन। आमा, काकीहरुले पनि पुजा गर्ने, दानदक्षिणा गर्ने मात्र गर्नुहुन्थ्यो ।  मेरा बा पुरोहित समेत हुनुहुन्छ । तीजको दिनमा उमामहेश्वरको पुजा आरधाना गरिन्थ्यो । बा ले पढ्ने पुजाको किताबमा न त श्रीमानको गोडाको पानी खानेकुरा लेखिएको थियो, न त श्रीमानको हातको पानी खाएर ब्रत तोड्ने कुरा नैं । तर पुजाको बिधिमा कतै अटल सौभाग्यको कामना गर्दै श्रृङ्गारका सामानहरु भने चढाइन्थ्यो ।

    मलाइ लाग्छ हामीले गाउँने गरेका गीत जस्तै समय बदलिंदै गयो । नारीहरु घरबाट पर सर्दै गए, शिक्षा र चेतनाको स्तर बढ्दै गयो । महिलाहरु जागीर खाने, अझै धेरै ब्यस्त र जिम्मेवार हुँदै गए । तर पछिल्ला समयहरुमा सहरी जीबन शैलीहरुको प्रभाब पर्दै गयो । श्रीमानकै घरमा तीज मान्न थालियो । घर माइती वल्लोपल्लो गाउँ मात्र नभएर निकै टाढा हुँदै गयो । नारीहरु कार्य ब्यस्तताका कारण दर खाने दिनमा माइत पुग्न नसक्ने भए ।

    बिस्तारै तीज समुहमा मनाउने चलन आयो । समय अनुकुल मिलाएर बिदाका दिनहरुमा दर खाने चलन आयो । आमा, सासु, छोरी, बुहारी, नन्द, भाउजु, लगायतका सबै नारीहरु सँगै बसेर दर खाने चलन निकै नैं राम्रो हो । यसले नारी एकताको राम्रो सन्देश पनि दिएको छ।
    नारीहरुलाइ सम्मान स्वरुप टोल, छिमेक, अफिसहरुमा दर खुवाउँदा तीज कसरी भड्कीलो भयो ? आफ्नो परीश्रमको कमाइ बचत गरेर राम्रा गहना कपडा लगाउँदा कतातिर भड्किलो देखियो ? या श्रीमानको नै कमाइ लागाउँदा समाजलाइ के असर पर्यो ? समस्या पहिरनको कि सोचको ?

    हुन त अलिकति देखासिकी, तडकभडक गर्ने परीपाटी बढेकै हो । यसमा मेरो पनि फरक मत छैन । तर आलोचनाले यसको समाधान हुँदैन । बिसङ्गतीहरु प्राय अज्ञानताले नै भएका छन् । जब हरेक नारीहरु ज्ञानको ज्योतिले समाज नियाल्न सक्ने हुन्छन्, सहि या गतल आफैं छुट्याउन सक्छन् । नारीहरुलाइ गहना, कपडामा सजाएर कठ पुतली बनाउने पनि त आखीर पुरुषहरु नै हुन । नारीहरुले अलिकति अगाडी बढेको देखेर नाना थरी दोष लगाउने पुरुषबादी समाजले आफ्नो अमुल्य समय बिपन्न नारीहरुको उत्थानमा लागाउन ढिलो भै सकेको छ ।

    सुन/गहना भनेको हरेक परीवारको सिंगो अर्थतन्त्र हो । मेरी आमाले घेरै पल्ट आफ्नो कानको मुन्द्री खोलेर बैंकमा राखेकी थिइन । बैंकमा धितो राखेर निकालेको त्यही पैसाबाट मैलै पढ्ने मौका पाएँ । आज म निर्धक्क आफनै स्वाभिमानमा बाँचेकी छु ।
    समाजको चिन्ता गर्ने हरुले मैंले लगाएको छड्के तिलहरीको आलोचना गर्ने कि दुर दराजका बिपन्न दिदी बहिनीहरुलाइ शीप, शिक्षा दिएर अर्को तीजमा आफनै कमाइले छड्के तीलहरी लगाउन सक्ने बनाउने ? अभर परेको बेलामा त्यहि तिलहरी बन्धकी राखेर घरको अर्थतन्त्र समाल्न सकुन हरेक नारीहरु ।

    हाम्रो संस्कार अनुसार जनै पर्णीमामा पुरुषहरुले जनै नफेरेको त कतैपनि आलोचना भएको सुनिदैन । ब्रत नबस्ने दिनमा दर खाएकोमा यति धेरै चिन्ता किन ?

    अझै दरमा मदिरा सेबन गरे महिलाले भन्ने चर्को आवाज सुनिन्छ । मदिरा सेवनले पुरुष, महिला कसैलाइ पनि फाइदा गर्दैन । तर तीजमा महिलाले सेवन गरेको मदिराको मात्र किन यति धेरै चर्चा ? खै कुन मदिराको बोतल/प्याकेटमा पुरुष या महिलाले मात्र सेवन गर्ने कुरा लेखेको छ ? समाजका नराम्रा पाटाहरुको आलोचना गर्न आवश्यक छ । तर पहिले लिङ्गभेदको चस्मा अब मज्जैले खोलिनुपर्छ ।

    अब तीजको गीत तिर जाऔं । समय र परीबेश अनुसार तीजका शब्द अनि भाकाहरु फेरीएका छन् । तर शहर बजारका स्टुडियोहरुमा एक छिन पिठ्यूँमा डोको बेकेर गाइएका बेदनाका तीज गीतहरु सहि र “नाच्छौं हामी डिस्कोमा तीज“ गलत भनेर हेर्ने सोचहरु अर्थहिन छन् । मेरो बुझाइमा बरु डिस्कोमा नाच्ने गीत नै समय सापेक्ष छ । शहर बजारमा जे भएको छ त्यहि देखाएको छ । बेदनाका गीत बनाउनेहरुले सम्बन्धित ठाउँमा गाइएका गीतहरु देखाउनु पर्यो नि ।

    हो हाम्रो समाजमा नारीहरु पीडीत पक्कै छन् । तर अचेलका तीज गीतहरुमा रेकर्ड गरिए झैँ बिकराल अबस्था कतै पनि छैन । फेरि जनचेतनाका लागि बनाइएका हुन् भने यस्ता गीतहरु सम्पन्न महिलाहरुले मात्र हेर्न पाउँछन । पीडित महिलाका घरमा न साधन हुन्छ न फुर्सद नैं । अझैपनि बिरालो खोजीखोजी बाँधेर श्राद्द गरे जस्तो तीज भन्ने बित्तीकै सम्पन्न महलहरुमा बसेर परापूर्वकालका बेदनाका गीतहरु गाएर नाच्न पर्ने हो र ? समय सापेक्ष गीत गाउँदा/नाच्दा तीज कसरी भड्किलो भयो ? यति लेखिरहँदा दुख पीडामा बाँची रहेका चेलीहरुको अपमान गरेको पटक्कै हैन । मात्र हाम्रो सोचको कुरा गरेकी हुँ ।

    महिलाहरुलाइ इज्जत, सम्मान गरेर, पुरुषहरुले पनि तीजका गीतमा नाच्न गाउन साथ दिँदा फरक पर्छ जस्तो लाग्दैन । पहिले हामीहरु बा। दाजु, भाइ सबैको अगाडी नाच्ने गाउने गरिन्थ्यो । उहाँहरुले साथपनि दिनु हुन्थ्यो । तर महिलाकै पहिरन समेत गरेर अतिरन्जीत तरिकाले बनाइएका तीजका गीतहरु महिलाहरु प्रतिको घोर अपमान हो । मानिस सामाजिक प्राणी हो । समाजका बिसङ्गतिहरुको बिरोध गर्नु हरेक सचेत नागरिकको कर्तब्य हो । तर समय अनुसारको परीबर्तनहरु भित्रका सकारात्मक पाटाहरु ओझेल नपरुन । परीवर्तनका नकारात्मक पक्षहरु मात्र औंल्याएर पुरै समाज आतंकित नपारौं । सकारात्मक सोचको बिकास गरौं ।
    संसारका हरेक कुनामा छरीएर रहनु भएका नेपाली नारीहरुमा आउँदै गरेको तीजको शूभकामना ।

    शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.